नेपालीमा एउटा उखान चर्तित रहेको छ त्यो हो ‘बुढी मरी भन्ने होइन काल...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

एनपीएल : विराटनगर किंग्सलाई १७५ रनको लक्ष्य

728
shares

काठमाडौं । रबि बोपाराले लगातार तेस्रो खेलमा अर्धशतक बनाएपछि चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगर किंग्सलाई १७५ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको चितवनले २० ओभरमा ५ विकेट गुमाएर १७४ रन बनाएको हो ।चितवनका लागि बोपाराले सर्वाधिक ६५ रन बनाए । यस क्रममा उनले ३८ बल खेल्दै ३ चौका र ४ छक्का प्रहार गरे ।सैफ जैबले ३२ र देव खनालले २८ रन जोडे । कप्तान कुशल मल्लले अविजित रहँदै २० रन जोडे । बोपारा र कुशल मल्लले छैटौं विकेटका लागि ५६ रनको साझेदारी गरे ।

बलिङमा विराटनगरका मर्चेन्ट डे लाङ र कप्तान सन्दीप लामिछानेले दुई/दुई तथा शुभम रन्जानले एक विकेट लिए ।सुरुवाती १० ओभरमा ७५-३ को अवस्थामा रहेको चितवनले अर्को १० ओभरमा ९९ रन जोडेको थियो ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports