२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शनलाई हाइज्याक गर्नेहरुले नै भाद्र २४...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

पार्टीको नाम बदलेर जनतालाई झुक्याउँदै दाहाल

1.5K
shares

 

काठमाडौ । गत भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र भाद्र २४ गतेका विध्वंसात्मक काण्डपछि पुराना भनिएका राजनीतिक दलहरुमा ध्रुवीकरण भइरहेको छ । नेपाली कांग्रेसभित्र पनि विवाद उत्पन्न भएको छ । कांग्रेसका संस्थापनइतर पक्षले पार्टीको महाधिवेशन फागुन २१ गते हुने भनिएको निर्वाचन अघि नै हुनुपर्ने अडान लिइरहेका छन् भने संस्थापन पक्ष भने निर्वाचन पछि मात्र महाधिवेशन गर्नुपर्ने पक्षमा अडिग रहेको छ ।
पार्टी सभापति शेरबहादुर देउवा पुनः सभापतिका उम्मेदवार बन्न नपाउने कांग्रेसको विधान अनुसारको सभापति को बन्ने भन्नेमै विवाद रहेको छ । पुराना भनिएका दलहरुभित्र समेत विवाद भएकाले गर्दा पुष्पकमल दाहालले नेतृत्व गरेको नेपाली कम्युनिष्ट पार्टी तथा रास्वपा जस्ता पार्टीहरुले आ आफ्नो स्वार्थ अनुसार निर्वाचनमा बहुमत ल्याउने उद्घोष गरिरहेका भएपनि त्यो केलब जनतालाई झुक्याउने खेलमात्र सावित हुन सक्छ ।
तत्कालीन माओवादी केन्द्रले पार्टीको नाम नै परिवर्तन गरेर नेपाली कम्युनिष्ट पार्टी बनाएको छ । माधव नेपाल अध्यक्ष रहेको एकीकृत समाजवादीलाई पुष्पकमल दाहालले नेपाली कम्युनिष्ट पार्टीमा समाहित गरेको भएपनि तत्कालीन एकीकृत समाजवादी पार्टीका नेताहरुले नेपाली कम्युनिष्ट पार्टीमा समाहित हुन अस्वीकार गर्दै विभिन्न धुजामा बाँडिएका छन् । पुष्पकमल दाहालले पार्टीको नाम परिवर्तन गर्दै अहिलेसम्म जनतालाई झुक्याउँदै आएका भएपनि अहिले भने उनलाई त्यति सहज अवस्था देखिएको छैन ।
माधव नेपाललाई भ्रष्टाचारको मुद्दा लागेको र उनी धरौटीमा रिहा भएका हुनाले जनताले नेपाली कम्युनिष्ट पार्टीलाई सहज रुपमा मतदान गर्न सक्ने अवस्था देखिँदैन । दाहालले पहिला पनि आफ्नो पार्टीलाई नेकपा एमालेसँग विलय गराएका थिए तर माओवादी एमालेबीचको एकता दाहाललकै कारण लामो समयसम्म टिक्न सकेन ।
देशको राजनीतिमा जनताको अपनत्व गुमाउँदै गएका पुष्पकमल दाहालले नयाँ पार्टी गठन गरेर नयाँ ध्रुवीकरण गर्न लागि परेका छन् । नाम मात्रका ८÷१० वटा पार्टीलाई नेपाली कम्युनिष्ट पार्टीमा समाहित गरेको भएपनि उनैको नेतृत्वको माओवादी केन्द्रमा रहेका माओवादी केन्द्रका धेरै नेता तथा कार्यकर्ताहरुले पार्टी परित्याग गरिरहेका छन् ।
जनार्दन शर्मा लगायतका धेरै नेताहरुले पुष्पकमल दाहालको नेतृत्व अस्वीकार गर्दै पार्टी नै परित्याग गरेका हुनाले दाहाललाई संकट बढ्दै गएको छ । त्यही कारणले गर्दा उनी नेकपा एमालेको विरोधमा जनतालाई उचालिरहेका भएपनि तुलनात्मक रुपमा एमाले नै बलियो पार्टीको रुपमा देखिएको छ ।
पार्टीको नाम बदलेर जनतालाई पटक पटक झुक्याउँदै आएका दाहाल, केपी ओली नेतृत्वको सरकारलाई जसरी पनि ढाल्न चाहान्थे जेनजीहरुको विरोध प्रदर्शन र २४ गते विध्वंसात्मक काण्डमा माओवादी समेत संलग्न रहेको थियो त्यही कारण ओली सरकार ढल्यो ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports