तत्कालिन प्रतिनिधिसभाको २०७४ र २०७९ का दुवै कार्यकालयमा निजामित विधेयकको मस्यौदा तयार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

नेपालबाट बंगलादेशमा थप २० मेगावाट विद्युत् निर्यात गर्ने सहमति

923
shares

काठमाडौं । नेपालबाट बंगलादेशमा थप २० मेगावाट विद्युत् निर्यात गर्ने सहमति भएको छ ।

अहिले भने ४० मेगावाट निर्यात भइरहेको छ । यस अतिरिक्त थप २० मेगावाट निर्यात सहमति भएको हो ।बिहीबार बंगलादेशको ढाकामा बसेको नेपाल–बंगलादेश ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको ७औं बैठकमा यस्तो सहमति जुटेको हो ।बैठकमा नेपालको तर्फबाट ऊर्जा सचिव चीरञ्जीवी चटौत र बंगलादेशको ऊर्जा सचिव फर्जना ममताजले टोलीको नेतृत्व गरेका थिए ।

सोही बैठकमा सुनकोशी ३ जलविद्युत् आयोजनाको लगानी प्रक्रियामा अगाडि बढाउन बंगलादेशले आयोजना मूल्यांकनका लागि विशेषज्ञ समिति गठन गरी लगानी प्रक्रिया बढाउने र जेभीए छिटो टुंंग्याउने सहसति समेत भएको छ ।नेपालबाट भारतीय ग्रिड हुँदै बंगलादेशको बरापुकारण, पञ्चगढ/ठाकुर गाउँ, भेरामारा र कोमिल्लासम्मका प्रसारण लाइनमार्फत विद्युत् निर्यात अध्ययन गर्ने सहमति समेत बैठकमा भएको छ ।नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता प्रवर्द्धन गर्नेसम्बन्धी समझदारीपत्रमा आ–आफ्नो आन्तरिक प्रक्रिया पूरा गरी हस्ताक्षर गर्ने सहमति पनि भएको छ ।

उक्त सम्झौता अन्तर्गत बंगलादेशले नेपाललाई ऊर्जा परीक्षण, ईभी चार्जिङ, रुफटप सोलारजस्ता क्षेत्रमा प्राविधिक सहायता प्रदान गर्ने सहमति जुटेको छ ।नेपाल र बंगलादेशबीच क्षमता अभिवृद्धि कार्यक्रम सुरु गर्ने सहमति भएको छ । बंगलादेशी पक्षका लागि पहिलो चरणको क्षमता अभिवृद्धि कार्यक्रम काठमाडौंमा तथा त्यसपछि नेपाली पक्षका लागि क्षमता अभिवृद्धि कार्यक्रम बंगलादेशमा सञ्चालन गर्ने सहमति भएको छ ।नेपाल, भारत र बंगलादेशबीच ऊर्जा क्षेत्रमा सहकार्य गर्नेसम्बन्धी समझदारीपत्रमा भारतको सहमति लिन दुवै देशले संयुक्त पहल गर्ने निर्णय समेत भएको ऊर्जा मन्त्रालयले जनाएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports