२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शनलाई हाइज्याक गर्नेहरुले नै भाद्र २४...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

संसद पुन:स्थापना भयो भने बर्बाद हुन्छ रे, त्यही बर्बाद हुन्छ भनेर संसद विघटन गरेको ? : ओली

2.16K
shares

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अन्तरिम सरकारलाई बुख्याँचाको संज्ञा दिँदै लोकतन्त्र फर्काउने बाटोमा लाग्न आह्वान गरेका छन् ।

आइतबार दिउँसो पार्टी केन्द्रीय कार्यालय च्यासलमा एघारौँ राष्ट्रिय महाधिवेशनको प्रतिक चिन्ह (लोगो) सार्वजनिक गर्दै अध्यक्ष ओलीले यस्तो आह्वान गरेका हुन् ।उनले देश अफ्ठ्यारो परिस्थितिमा रहेको उल्लेख गर्दै संवैधानिक बाटोमा देशलाई फर्काउन सबै लाग्नुपर्ने बताए । असंवैधानिक ढंगले विघटित संसद पुन:स्थापना हुनु आवश्यक रहेको पनि उनले बताए ।

संसद् पुनर्स्थापना भयो भने बर्बाद हुन्छ भन्ने गरिएको भन्दै अध्यक्ष ओलीले बर्बाद हुन्छ भनेर संसद विघटन गरेको ? भन्दै उनले प्रश्न पनि गरे ।‘अनिर्वाचित बुख्याँचाहरू सब्जीबारीमा त ठिकै थियो, सिंहदरबारमा बुख्याँचा ? मिल्छ यो ? बुख्याँचा निर्वाचित हुँदैन कहिल्यै पनि । बुख्याँचा कसैले राखिदिने हो । सिंहदरबार बुख्याँचा कसैले लगेर किलोमा गाडिदिने ठाउँ होइन, जनताबाट, लोकतान्त्रिक विधिबाट निर्वाचित सरकार बस्ने ठाउँ हो,’ ओलीले भने, ‘आधिकारिक, जोसँग लोकतान्त्रिक मूल्य मान्यताको हैसियत छ, त्यो बस्ने ठाउँ हो । लोकतन्त्र भनेको नराम्रो कुरा हो । एमालेसँग रिस उठेको होला, एमालेसँगको रिस लोकतन्त्र, देशमाथि नपोखौँ । केपी ओलीसँग रिस उठेको होला, केपी ओलीसँग उठेको रिस संविधान माथि लगेर, लोकतन्त्र माथि लगेर, देशको विकास र सुशासन माथि लगेर, देशको सार्वभौम सत्ता माथि लगेर नपोखौँ ।’

अन्तरिम सरकारप्रति लक्षित गर्दै अनिर्वाचित बुख्याँचाहरू तरकारी बारीमा नै ठिक रहेको टिप्पणी उनले गरे । सिंहदरबार कसैले लगेर किलोमा राखिदिने बुख्याँचाको लागि नभएको उनको भनाइ छ । ‘देश अफ्ठ्यारो परिस्थितिमा छ । लोकतन्त्र फर्काउँ । संवैधानिक बाटोमा देशलाई फर्काउँ । गलत सिफारिसमा, असंवैधानिक ढंगले विघटित संसद पुन:स्थापना हुनुपर्छ । संसद पुन:स्थापना भयो भने बर्बाद हुन्छ रे, त्यही बर्बाद हुन्छ भनेर संसद विघटन गरेको ? संसदीय प्रणाली आउन नदिने यस देशमा । लोकतन्त्र आउन नदिने ? निर्वाचितहरू लखेटिनुपर्ने ?,’ उनले भने ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports