सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

एनपिएल : काठमान्डु गोर्खाजलाई १५० रनको लक्ष्य

910
shares

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आइतबार कर्णाली याक्सले काठमान्डु गोर्खाजलाई १५० रनको लक्ष्य दिएको छ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको कर्णालीले ७ विकेटको क्षतिमा १४९ रन बनायो।कर्णालीका लागि गुल्सन झाले उत्कृष्ट ब्याटिङ गर्दै २२ बलमा नटआउट ४९ रन जोडे। गुल्सनले ६ चौका र ३ छक्का प्रहार गरे।

कर्णालीको सुरूवात भने खराब रह्यो। पहिलो बलमै ओपनर प्रियांक पाञ्चाल करण केसीको बलमा कट एन्ड बउल्ड भए हुँदा रोयल डक भए। पहिलो ओभरकै अन्तिम बलमा विलियम बोसिस्टोलाई शाहब आलमले रनआउट गरेपछि उसले पहिलो ओभरमै दुई विकेट गुमायो।

त्यसपछि तेस्रो विकेटका लागि मार्क वाट र पवन सर्राफले ५८ रनको साझेदारी गरे। वाट पनि नवौं ओभरमा भीम सार्कीबाट डाइरेक्ट हिटमार्फत् रनआउटको सिकार बने। उनले ३० रन बनाउने क्रममा २७ बलमा १ चौका र २ छक्का प्रहार गरे।

पवन सर्राफले ३५ रन बनाउने क्रममा २९ बलमा २ चौका र २ छक्का प्रहार गरे। उनी १२औं ओभरको पहिलो बलमा सन्तोष यादवको एलबिडब्लूको धरापमा परे। नाजिबुल्लह जाद्रान १४ बलमा १२ रन बनाएर पेभिलियन फर्के।

कप्तान सोमपाल कामी ६ रनमा मिलिन्द कुमारबाट कट एन्ड बउन्ड भएका थिए। १९औं ओभरको अन्तिम बलमा दिपक डुम्रे १० रनको स्थितिमा रशिद खानबाट बोल्ड भए।बलिङमा काठमान्डुका रशिद खानले २ विकेट लिए। उनले ४ ओभरमा ३७ रन दिए। करण केसी, मिलिन्द कुमार र सन्तोष यादवले १-१ विकेट लिए।

पाँच खेलमा तीन जित निकालेको काठमान्डुका लागि प्लेअफमा पुग्न आजको खेल महत्वपूर्ण छ।‍ चार खेलमा एक मात्र जित निकालेको कर्णालीले प्लेअफ सम्भावना बनाइराख्न आजको खेल जित्नै पर्ने अवस्था छ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports