कस्तो रहला आज शनिबारको मौसम ?
वि.सं.२०८२ मंसिर २७ शनिवार ०९:४१
shares

काठमाडौं । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन । हाल मौसमको अवस्था देशभर मुख्यतया सफा रहेको पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज दिउँसो कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ ।राति देशभर आंशिक बदली रहने पूर्वानुमान महाशाखाले जनाएको छ ।




































