आउँदो फागुन २१ गते हुने भनिएको संसदको निर्वाचन हुनेमा अझै आंशका रहेको छ...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

रवि र छविको थुनाबाहिर बस्न पाउनु भनी दिएको निवेदन माथि सुनुवाइ सकियो

650
shares

बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीले थुनाबाहिर बस्न पाउनु भनी दिएको निवेदनमाथि उच्च अदालत, बुटवलमा सुनुवाइ सकिएको छ ।

न्यायाधीश बासुदेव आचार्य र तेजनारायण पौडेलको इजलाशमा उनीहरूको मुद्दाको सुनुवाइ भएको हो । लामिछाने र जोशीले बिगो बापतको रकम बुझाएर थुनाबाहिर बस्नु पाउँ भनी निवेदन दिएका थिए ।आजको सुनुवाइमा लामिछानेका तर्फबाट अधिवक्ताहरु डा. नारायणदत्त कँडेल,दीपेन्द्र झा,महेन्द्र पाण्डे र बाबुराम पाण्डेले बहस गरेका थिए । यस्तै जोशीका तर्फबाट शिव गौडेल र रोचक जोशीले बहस गरेका थिए । यस्तै सरकारी वकिलका तर्फबाट सहन्यायाधिवक्ता सन्देश श्रेष्ठले र जाहेरवालाका तर्फबाट अधिवक्ता सञ्जिव घिमिरेले बहस गरेका थिए ।

बुटवलको सुप्रिम सहकारी संस्थाको रकम ठगी र संगठित अपराध अभियोगमा थुनामा रहेका लामिछाने र जोशीले बिगो बराबरको रकम धरौटी बुझाएर कारागार बाहिर बसेर मुद्दा लड्न पाउनुपर्ने माग गर्दै दिएको रिट निवेदनलाई जिल्ला अदालतले अस्वीकार गरेपछि लामिछाने उच्च अदालत गएका थिए ।यसअघि मंसिर २५ गते तोकिएको पेशी ‘हेर्न नमिल्ने’ मा परेपछि स्थगित भएको थियो। त्यसअघि मंसिर ११ गतेको पेशी भने लामिछाने पक्षका कानुन व्यवसायीको अनुरोधमा स्थगित गरिएको थियो। लामिछाने र जोशीको मुद्दामा कात्तिक १३ गतेयता निरन्तर सातौँ पटक पेशी सर्दै आएको थियो ।

लामिछानेले सहकारीमा भएको अपचलनको आफ्नो हिस्साको बिगो रकम दाखिला गरे पनि जिल्ला अदालत रुपन्देहीका न्यायाधीश नारायण सापकोटाको इजलासले साउन २६ गते रिहा गर्न अस्वीकार गरेपछि उनी पुर्पक्षका लागि थुनामा छन् । लामिछाने नख्खु कारागारमा छन् भने जोशी भैरहवा कारागारमा छन् ।लामिछानेले आफू सहकारीको सेयर सदस्य नभएको र ऋण लिने कुनै पनि प्रक्रियामा संलग्न नरहेको दाबी गर्दै सहकारी ठगीमा संलग्न नरहेको इन्कारी बयान दिँदै आएका छन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports