विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

कांग्रेसको आउदो महाधिवेशनमा सभापतिमा देउवाको पूर्णबहादुर खड्कालाई समर्थन

2.05K
shares

काठमाडौं । पूर्वप्रधानमन्त्री समेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको १५ औं महाधिवेशनमा कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई नै सहयोग गरेर अघि बढ्ने स्पष्ट पारेका छन् ।

मंगलबार बिहान केही सञ्चारकर्मीसँगको कुराकानीमा देउवाले खड्का उपसभापति भइसकेको र हाल कार्यवाहक सभापतिको जिम्मेवारी सम्हालिरहेको उल्लेख गर्दै आफूले पूर्णबहादुरलाई नै समर्थन गर्ने बताए ।‘मैले पूर्णबहादुरलाई नै सहयोग गर्छु । अरूलाई पनि भन्ने गरेकै छु । उपसभापति हो । अहिले कार्यवाहक पनि उसैले चलाइरहेको छ,’ देउवाले भने ।

देउवाले विधानअनुसार आफू अब सभापतिको उम्मेदवार बन्न नमिल्ने स्पष्ट गर्दै आगामी नेतृत्वले सल्लाह माग्दा दिने बताए ।

‘हाम्रोमा तीन पटक सभापति हुन मिल्दैन भनेर विधानमै उल्लेख गरेको छ । म हुँदिनँ पनि । पार्टीको चिन्ता धेरै लाग्छ नि, लागेर के गर्नु ?’ उनले भने, ‘पछि पनि सभापति हुनेले सल्लाह लिन चाहे भने सल्लाह दिन्छु । सल्लाह नचाहिए दिने कुरा भएन ।’

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports