विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

रास्वपामा समानुपातिक सूची प्रति तीब्र असन्तुष्टी

2.18K
shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक उम्मेदवारका लागि निर्वाचन आयोगमा पेश गरेको बन्दसूची पार्टीभित्रै समेत विवादित बनेको छ । समानुपातिक उम्मेदवार छान्न गरिएको प्राइमरी इलेक्सनलाई ‘बेकम्मा’ बनाइएपछि पार्टीकै नेताहरुले असन्तुष्टि पोख्न थालेका छन् ।

कसैले सोझो त कसैले घुमाउरो तरिकाले सामाजिक सञ्जालमा स्टाटस लेखेर असन्तुष्टि व्यक्त गरेका हुन् । रास्वपा केन्द्रीय सदस्य तथा पूर्वसांसद डा. तोसिमा कार्कीले खुलारुपमा यो बन्दसूचीप्रति असहमत जनाएकी छन् । उनले प्राइमरी इलेक्सनको धज्जी उडाइएको टिप्पणी गरेकी छन् । पदाधिकारी र सचिवालयमा रहेकाहरूले समानुपातिकबाट नाम फिर्ता लिनुपर्ने समेत उनको मत छ ।फेसबुकमा उनले लेखेकी छन्, ‘पार्टीको नेतृत्वका आफन्तहरू र पार्टीको भाईटल पोष्टमा हुनेहरू नै समानुपातिक सूचीको लागि आकांक्षी हुनु र त्यहीँ आफ्नो स्पेस बनाउनु र बनाइनुले समानुपातिक प्रणालीको औचित्यमाथि नै प्रश्न गरेको छ ।’

पार्टीको सचिवालय सदस्य र पदाधिकारीहरू भनेको सधैँ ‘पोसिसन अफ बेनिफिटमा’ हुने र प्राइमेरीको भोटिङदेखि मूल्यांकनसम्म प्रभाव पार्न सक्ने उनको भनाइ छ ।उनी थप्छिन्, ‘पार्टीको महाअधिवेशन नभएसम्मको अवस्थामा आजको दिनसम्म पदाधिकारी या सचिवालय दुवै निर्वाचनबाट बनेको होइन, पार्टीभित्र पनि पदमा बस्ने अनि निर्वाचनमा पनि समानुपातिक सूचिमा ! त्यो पनि प्राइमेरी भोटिङकै धज्जी उडाउँदै अग्रपङ्तिमा नाम सुरक्षित गरिने, यो प्रवृत्ति पुराना दलभन्दा धेरै फरक देखिएन ।’पार्टीको उच्च पदमा बस्नेहरूले प्रत्यक्षमा लड्ने हिम्मत राख्नुपर्ने तोसिमाको सुझाव छ ।‘अहिले त झन् पार्टी यति ठूलो भएको छ, साथीहरू किन डराउनुभएको ? कति असुरक्षित महसुस गर्नुभएको ? सचिवालय सदस्य र पदाधिकारीहरु नै चुनाव लड्न डराउनुभयो भने अरुले के गर्ने ?’ उनको प्रश्न छ ।

तोसिमाले सबै पदाधिकारी तथा सचिवालय सदस्यहरुले आ-आफ्नो नाम समानुपातिकको सूचिबाट हटाएर प्रत्यक्ष चुनाव लड्नुपर्ने बताएकी छन् । रास्वपाको बन्दसूचीमा परेकी केन्द्रीय सदस्य ज्वाला संग्रौलाले सूची सच्याउनुपर्ने बताएकी छन् ।उनले लेखेकी छन्, ‘हतारमा भएका त्रुटिहरू सच्याएर अगाडि बढौँ ।’रास्वपाको प्राइमरी इलेक्सनमा संग्रौलाले महिलातर्फ दोस्रो सर्वाधिक मत ल्याएकी थिइन् । बन्दसूचीमा भने उनको नाम खस आर्य महिलातर्फ छैटौं नम्बरमा छ । ज्वाला रास्वपा सभापति रवि लामिछानेसँग निकट मानिन्छिन् ।आफूलाई रविकी बहिनीका रूपमा चिनाउने स्वस्तिका लामिछानेले पनि बन्दसूचीप्रति असहमति जनाएकी छन् ।

उनले लेखेकी छन्, ‘यो परीक्षा हाम्रो बिल्कुल होइन, यो परिक्षा केन्द्रको हो, यो परिक्षामा हामी पास हुने होइन केन्द्र पास हुनु पर्छ । प्राइमरी इलेक्सनको गलत भाष्य फैलिनु हुन्न भनेको थिएँ, आखिर त्यस्तै भयो । अहिले जे जे भएको छ यसलाइ सच्याइयोस । ग्राउन्डको आवाज सुनियोस् ।’स्वस्तिकाले पनि रास्वपाको प्राइमरी इलेक्सनमा भाग लिएकी थिइन् । खस आर्य महिलातर्फ उनलाई राम्रै मत पनि आएको थियो । तर, बन्दसूचीमा अटाइनन् ।पारिवारिक नाता नभए पनि स्वस्तिकाले रविलाई दाजु मान्दै आएकी छन् । रवि कारागारमा हुँदा घन्टीघरमा राखिएको उनको ‘कटआउट’ मा स्वस्तिकाले रुँदै राखी बाँधेकी थिइन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports