जान्नेलाई छान्ने भन्ने रास्वपाका प्राइमरी इलेक्सन ढुस !
समानुपातिक उम्मेदवार छान्दा पहुँचवाला व्यक्तिहरुकै बर्चस्व
वि.सं.२०८२ पुस १६ बुधवार १२:५१
shares

काठमाडौ । आउँदो फागुन २१ गते हुने भनिएको प्रतिनिधिसभाको निर्वाचनमा २ प्रकारले सांसदहरु निर्वाचित हुने सम्वैधानिक व्यवस्था रहेको छ । जसमा प्रत्यक्ष निर्वाचित र समानुपातिक तर्फका सांसदहरु रहने व्यवस्था रहेको छ । प्रत्यक्षतर्फ १ सय ६५ र समानुपातिक तर्फ १ सय १० गरी प्रतिनिधिसभामा २ सय ७५ सांसद रहने सम्वैधानिक व्यवस्था गरिएको छ ।
प्रत्यक्षतर्फबाट प्रतिनिधित्व गर्न नसक्ने विभिन्न समूह उपेक्षित उत्पीडित वर्ग, समुदाय र सिद्धान्तकृत समूहको प्रतिनिधित्व सुनिश्चित गर्ने समानुपातिक निर्वाचन प्रणालीको मर्म विपरित दलहरुले पहुँचवालालाई नै उम्मेदवार बनाएका छन् । यद्यपि दलहरुले समानुपातिकमा केही नयाँ अनुहारलाई पनि अघि सारेको भएपनि अग्रपंक्तिमा पहुँचवालालाई नै राखेका हुनाले उनीहरुले प्राप्त गर्ने कोटामा तिनै पहुँचवाला नै पर्ने निश्चित जस्तै रहेको छ ।
समानुपातिकतर्फ पहिलो पटक भाग लिएको रास्वपाले केही समय पहिला समानुपातिकमा उम्मेदवार हुन चाहनेलाई रु २५ हजार दस्तुर लिएर आवेदनको माग गरेको थियो । त्यसमा जम्मा ४ सय १४ जनाले फारम भरेकोमा ३ सय ८७ जनाको नमावली पुस ११ गते सार्वजनिक गरेको थियो । यसैबीचमा रास्वपाले काठमाडौ महानगरका प्रमुख बालेन साह र उज्यालो नेपालका संरक्षक कुलमान घिसिङसँग एकता गरेको थियो । समानुपातिकमा बालेन र घिसिङका पक्षमा उम्मेदवारहरु पनि केही समेटिएका भएपनि त्यहाँ समेत विवाद उत्पन्न भएको छ भने रास्वपाले प्राइमरी इलेक्सनमा पहिलो नम्वरमा परेका व्यक्तिहरुलाई हटाएर तजविजमै उम्मेदवार छानेको छ ।
आन्तरिक प्रतिस्पर्धामा महिला तर्फ सर्वाकि मत पाएकी रञ्जु दर्शनालाई १० औँ नम्वरमा राखेको छ भने आदिवासीतर्फ सर्वाधिक मत ल्याउने उत्तम बहादुर गुरुङ र दलिततर्फ सर्वाधिक मत ल्याउने विजय जैरु बन्द सूचीमा अटाएनन् । यसरी जान्नेलाई छान्ने भन्ने पार्टीले नै सर्वाधिक मत ल्याएका व्यक्तिहरुलाई हटाएर तजविजमै उम्मेदवार छानेको हुनाले रास्वपाको प्राइमरी इलेक्सन पैसा बटुल्ने माध्यममात्र भएको आरोप रास्वपामाथि लागेको छ ।
प्राइमरी इलेक्सनलाई ढुस बनाएकोमा रास्वपाभित्र विवाद समेत उत्पन्न भएको छ भने उसले पार्टी सभापति रवि लामिछानेको निर्वाचन क्षेत्र रहेको चितवनबाट मात्र २१ जनालाई समानुपातिक तर्फको उम्मेदवार बनाएको छ भने २५÷३० जिल्लाबाट १ जनालाई पनि उम्मेदवार बनाएको छैन । त्यही कारणले गर्दा रास्वपा भित्र विवाद सिर्जना भएको छ । रास्वपामा एकता गरेका बालेन साह र कुलमान घिसिङले समेत रवि लामिछानेको सिको गर्दै समानुपातिकमा आफ्ना नातागोता र ससुरालीतर्फका व्यक्तिहरुलाई समेत उम्मेदवार बनाएपछि बालेन र घिसिङको समेत विरोध भएको छ ।
रास्वपाले समानुपातिकतर्फ पहिलो पटक भाग लिएकोमा विवाद उत्पन्न भएको र उम्मेदवार रहेका व्यक्तिहरुले समेत तजविजमै उम्मेदवार छानिएको भन्दै आफ्नो नाम हटाउन नेतृत्वलाई आग्रह गरिसकेका छन् । यसरी जान्नेलाई छान्ने भन्दै आएको रास्वपाले पनि पुरान दलको सिको सिकेको मात्र होइन प्राइमरी इलेक्सनका नाममा ठुलो मात्रामा रकम संकलन गरेर आफ्नो स्वार्थ पूरा गरेको आरोप रास्वपामाथि लागेको छ ।
पुराना दल कांग्रेस, एमालेलाई आउँदो निर्वाचनपछि सरकार बनाउन नदिने भन्दै बालेनलाई प्रधानमन्त्री सभापतिमा लामिछाने नै र उसपभापतिमा कुलमान घिसिङलाई राख्ने गरी बालेन र घिसिङसँग पार्टी एकता गरिएको थियो । तर समानुपातिक तर्फका उम्मेदवारहरुको चयन प्रति नत बालेन नै खुस रहे न त घिसिङ नै ।
पुराना दलभन्दा हामी भिन्न हौँ भन्ने दलले अरु दल भन्दा भिन्नता देखाउन सक्नुपर्नेमा त्यसो नगरि उही पुराना दलको प्रवृत्ति देखिएको र प्राइमरी इलेक्सनका नाममा करोडौँं रकम उठाएर पार्टी सञ्चालन गर्ने रणनीति लिएको प्राइमरी इलेक्सनमा सर्वाधिक मत ल्याएका एक व्यक्तिले दुखेसो गरेका छन् ।
रवि लामिछाने सहकारी ठगीमा संलग्न रहेको भन्दै विभिन्न जिल्लाा मुद्दा परेको छ । हालैमात्र उनी धरौटीमा रिहा भएका हुन् भने रविलाई अन्याय गरियो भन्दै बालेन र घिसिङसमेत रास्वपामा एकता गर्न पुगेका थिए । के समानुपातिक उम्मेदवार छान्दा बालेन र घिसिङले अन्याय गरेनन् र एक प्राइमरी इलेक्सनमा सहभागि भएर सर्वाधिक मत ल्याएपनि उम्मेदवार बन्न नपाएका व्यक्तिले भने रवि, बालेन र घिसिङको नियत एउउटै देखियो । हामीलाई झुक्याउनका लागि प्राइमरी इक्लेक्सनको नौटंकी गरिएको पो रहेछ उनले भने ।






































