linktrix Long Ad
Salt Trading Long Ad

राष्ट्रपति ट्रम्पको भेनेजुएलाका राष्ट्रपति मादुरोलाई पक्राउ गरेको दाबी

2.12K
shares

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोलाई पक्राउ गरेको दाबी गरेका छन् ।

ट्रम्पले भेनेजुएलाको राजधानी काराकासमा आक्रमणपछि मादुरोलाई पक्राउ गरिएको दाबी गरेका हुन् ।भेनेजुएलाको राजधानी काराकासमा भएको विस्फोटपछि अमेरिकी राष्ट्रपति ट्रम्पले उक्त आक्रमण अमेरिकाले गरेको बताएका छन् ।

ट्रम्पले ट्रुथ सोशलमा लेखेका छन्, ‘अमेरिकाले भेनेजुएला र उसका नेता, राष्ट्रपति निकोलस मादुरो विरुद्ध सफलतापूर्वक ठूलो स्तरमा आक्रमण गरेको छ । मादुरोलाई उनकी पत्नी साथ पक्राउ गरिएको छ र देशभन्दा बाहिर लगिएको छ ।’ राजधानी काराकासमा भएको आक्रमणपछि राष्ट्रपति मादुरोले देशमा राष्ट्रिय संकटकालको घोषणा गरेका थिए । उनले एक बयानमा अमेरिकी सैन्य आक्रमणको निन्दा गरेका थिए ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports