प्रतिनिधि सभा निर्वाचनका लागि अध्यक्ष ओली झापा-५ बाट सर्वसम्मत सिफारिस
वि.सं.२०८२ पुस १९ शनिवार १६:०९
shares

झापा । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि नेकपा एमालेले झापा क्षेत्र नम्बर ५ बाट पार्टी अध्यक्ष केपी शर्मा ओलीको नाम सर्वसम्मत रूपमा सिफारिस गरेको छ।
बिर्तामोडमा शनिबार सम्पन्न क्षेत्रीय समन्वय कमिटीको बैठकले ओलीको एकल नाम सिफारिस गर्ने निर्णय गरेको हो।एमाले झापाका सचिव तुलसी कार्कीका अनुसार यस क्षेत्रका लागि अन्य कुनै पनि उम्मेदवारको दाबेदारी नआएपछि अध्यक्ष ओलीको नाम सर्वसम्मत रूपमा केन्द्रमा पठाइएको हो। ओली यसअघि पनि सोही क्षेत्रबाट भारी मतान्तरले विजयी हुँदै आएका छन्। यस पटकको निर्वाचनमा पनि उनको पकड बलियो रहेको भन्दै क्षेत्रीय कमिटीले उत्साहपूर्वक उनको नाम सिफारिस गरेको बताइएको छ।
































