नेपालीमा एउटा उखान चर्तित रहेको छ त्यो हो ‘बुढी मरी भन्ने होइन काल...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

हामीले सहमतिको चरणमा र हाम्रा साथीहरूको ठुलो डिमान्ड पनि राखेका थिएनन् : कुलमान घिसिङ

1.04K
shares

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँगको एकता प्रक्रिया भाँडिएपछि उज्यालो नेपालका अध्यक्ष कुलमान घिसिङले आफूहरूलाई धोका भएको भन्दै पीडा व्यक्त गरेका छन् ।

शनिबार आयोजित पत्रकार सम्मेलनमा उनले रास्वपाले आफूहरूलाई १२ दिनसम्म अल्झाएर आफ्ना कार्यकर्ताहरूलाई पार्टी प्रवेश गराएको र अन्ततः एकता भंग गरेको आरोप लगाए ।घिसिङका अनुसार एकताका क्रममा धेरै अलिखित सहमतिहरू भएका थिए र आफूहरूको कुनै ठुलो माग थिएन, केवल सहमति कार्यान्वयन गर्दै जाने इच्छा थियो । मिडियामा आएका पदको बार्गेनिङ गरेको भन्ने कुरा सरासर गलत भएको उनले दाबी गरे ।’हामीले सहमतिको चरणमा र हाम्रा साथीहरूको ठुलो डिमान्ड पनि राखेका थिएनन्,’ घिसिङले भने, ‘मिडियामा पदको बार्गेनिङ गर्यौँ भन्ने कुरा सरासर गलत हो । म उपाध्यक्ष भए पनि वरीयता क्रममा धेरै तल भए पनि सहेर गएको थिएँ । म साधारण रास्वपाको सदस्य भएर । यो विषय ठुलो पनि थिएन ।’

उनले मुख्य मुद्दाका रूपमा समावेशी र संघीयतासँग सम्बन्धित संविधानले देखाएका विषयमा रास्वपा सुरुमा सहमत भए पनि पछि त्यसबाट पछि हटेको गुनासो गरे ।
चुनावी प्रक्रियामा कसरी जाने भन्नेमा लामो छलफल भए पनि रास्वपाले १२ दिन लामो समय लिएको र समानुपातिकतर्फ पनि निर्णय गर्न ढिलाइ गरेको घिसिङले बताए । ‘हामीले सबै त्यागेर अगाडि बढ्नुस् भनेर छाडेका थियौँ,’ उनले भने, ‘यो १२ दिनको लामो समयले उज्यालो नेपाललाई धेरै क्षति पुग्यो ।’उनले रास्वपाले आफूहरूलाई १२ दिनसम्म इंगेज गराएर राखेको र सोही अवधिमा उज्यालो नेपालका धेरै साथीहरूलाई रास्वपामा प्रवेश गराएको आरोप लगाए । ‘यो १२ दिन अत्यन्तै पीडा भयो,’ घिसिङले भने, ‘हामीलाई यो १२ दिन इंगेज गराएर राख्नुभयो । हाम्रा धेरै साथीहरूलाई रास्वपा प्रवेश गराउनुभयो ।’

आफूले प्रधानमन्त्री वा पार्टी अध्यक्ष कुनै पनि पद नमागेको बरु साधारण सदस्य भएर बस्न पनि तयार रहेको बताउँदा पनि रास्वपाले नमानेको उनको भनाइ छ । ‘मैले प्रधानमन्त्री र पार्टी अध्यक्ष मागेको थिइनँ । साधारण सदस्य भएर बस्छु भन्दा पनि उहाँहरू मान्नुभएन,’ उनले भने, ‘अब हाम्रो आवश्यकता उहाँहरूलाई परेन । हामी नभए पनि अगाडि बढ्छौँ भन्नुभएछ ।’ घिसिङले रास्वपालाई अगाडि बढ्न शुभकामना दिँदै उज्यालो नेपालले अब आफ्नै बाटो लिने स्पष्ट पारे । ‘हामी अत्यन्तै लचक भएका थियौँ,’ उनले भने, ‘अब उज्यालो नेपालले आफ्नो बाटो आफैँ लिन्छ ।’

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports