२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र भाद्र २४ गते भएको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

राष्ट्रिय स्वतन्त्र पार्टीसँगको एकतामा असहमति जनाउँदै बाहिरिएको उज्यालो नेपाल पार्टी समानुपातिकतर्फको निर्वाचन प्रणालीमा छुट्ने

1.98K
shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीसँगको एकतामा असहमति जनाउँदै बाहिरिएको उज्यालो नेपाल पार्टी समानुपातिकतर्फको निर्वाचन प्रणालीमा छुट्ने भएको छ ।यो पार्टीले निर्वाचन आयोगमा छुट्टै बन्दसूची नै बुझाएको छैन ।

बन्द सूची बुझाउने अन्तिम दिन गत पुस १४ रास्वपा र उज्यालो नेपाल पार्टीबीच सहमति भएपछि रास्वपाको तर्फबाट सूची बुझाएको थियो । अब समानुपातिकको बन्दसूची बुझाउने समय सकिइसकेको छ । अब उज्यालो नेपाल पार्टीको तर्फबाट प्रत्यक्षतर्फका मात्र उम्मेदवार हुनेछन् ।अध्यक्ष कुलमान घिसिङले १६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवार उठाउने घोषणा पनि शनिबार गरिसकेका छन् ।

रास्वपाको तर्फबाट बुझाएको बन्दसूचीमा १४ जना उज्यालो नेपालतर्फका उम्मेदवार थिए । ‘अब पार्टी नै विभाजन भएपछि रास्वपाको सूचीमा रहेकाहरू या त रावस्वपामै बस्नुपर्‍यो वा छोडेर हिँड्नुपर्‍यो,’ आयोगका एक पदाधिकारीले भने, ‘उनीहरू छोडेर पुस २८ व्यक्तिगत रुपमा नाम फिर्ता लिए भने रास्वपाले आफ्नो नाम थप्न पाउँछ । तर तर उज्यालो नेपालका चाहिँ कोही पनि समानुपातिक उम्मेदवार हुँदैनन् ।’

यो प्रश्नको सामना आजैमात्रै अध्यक्ष बनेका घिसिङले पत्रकार सम्मेलनमै सामना गर्नुपरेको थियो ।जहाँ उनले सकेसम्म मिलाउने नसकेको खण्डमा प्रत्यक्षतर्फ मात्रै उम्मेदवार खडा गर्ने बताइसकेका छन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports