प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

अवैध सुन सहित तिनजना पक्राउ

728
shares

प्रहरीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट एक किलो १५५ ग्राम सुन र चार वटा मोबाइलसहित तीन जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा गौर नगरपालकिा-१० रौतहट सोबगाढाका ३२ वर्षीय सुनील कुमार साह, मकवानपुर मनहरी-७का २८ वर्षीय नवराज परियार र भोटेकोशी गाउँपालिका-३ सिन्धुपाल्चोकका ३९ वर्षीय दावा छिरिङ शेर्पा रहेका छन् ।हिमालय एयरलाइन्स र एयर अरेबियाको विमानबाट दुबई र सारजहाबाट आएका उनीहरुलाई त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयले विमानस्थलको आगमन टनेल गेटबाट बिहीबार पक्राउ गरेको हो ।

प्रहरीले साहको साथबाट चारवटा आइफोन १३ प्रो म्याक्स तथा एक-एक वटा ५० ग्राम सुनको बेरूवा औंठी र सिक्री बरामद गरेको छ भने परियारको साथबाट एक वटा आइफोन १३ प्रो म्याक्स तथा दुईवटा ५० ग्राम सुनको बेरूवा औंठी बरामद गरेको छ ।

यस्तै शेर्पाले मलद्वारभित्र लुकाएर बेलनाकार रुपमा बनाइएको अर्धठोस एक किलो ५५ ग्रामको सुन प्रहरीले बरामद गरेको छ ।

पक्राउ परेका उनीहरुलाई बरामद सामानसहित आवश्यक अनुसन्धानको लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा बुझाइएको अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports