तत्कालिन प्रतिनिधिसभाको २०७४ र २०७९ का दुवै कार्यकालयमा निजामित विधेयकको मस्यौदा तयार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

गगनलाई मान्यता दिने निर्वाचन आयोगको निर्णय विरुद्ध सर्वोच्चमा रिट दर्ता, माघ ६ गते पेसी

832
shares

गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई मान्यता दिने निर्णय खारेजको माग गर्दै शेरबहादुर देउवा पक्षले सर्वोच्च अदालतमा दायर गरेको रिटमाथि माघ ६ गते पेसी तोकिएको छ।

निर्वाचन आयोगको निर्णयविरुद्ध आइतबार बिहान देउवा पक्षले सर्वोच्च अदालतमा रिट दिएको थियो। उनीहरूले दिएको रिट दर्ता भएको बताउँदै सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले  भने, ‘रिट दर्ता भएको छ। माघ ६ गते पेशी तोकिएको छ।’आज रिट दर्ता भए पनि भोलि ल्होसारको सार्वजनिक बिदा छ। सार्वजनिक बिदाका कारण माघ ५ मा सर्वोच्च अदालत बन्द रहने भएपछि माघ ६ गते पेशी तोकिएको हो।

प्रतिनिधि सभा सदस्यका लागि निर्वाचन आयोगले माघ ६ गते उम्मेदवारी दर्ताको समय तोकेको छ। अब कांग्रेसको भित्रको विवाद उम्मेदवारी दर्ता अघि नटुंगिने भएको छ।फागुन २१ गते हुने प्रतिनिधि सभा चुनावका लागि सबै राजनीतिक दलले उम्मेदवार टुंगो लगाउँदै छ। नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले लगभग उम्मेदावर टुंगो लगाइसकेको छ।

त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज केन्द्रीय समिति बैठक बोलाएको छ। अन्य दलले पनि लगभग उम्मेदवार टुंगो लगाइसकेका छन्।
कांग्रेसमा भने सभापति थापाले पुरानै सिफारिसका आधारमा उम्मेदवार टुंगो लगाउने तयारी गरेका छन्। देउवा पक्ष भने सर्वोच्च अदालत गएकाले उम्मेदवार दिने वा नदिने यकीन गरेको छैन।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports