सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

अहिले सम्म समानुपातिक तर्फको लागी ८९ लाख १७ हजार मतपत्र छापियो

1.2K
shares

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिक तर्फको कूल ८९ लाख १७ हजार थान मतपत्र छपाइ भएको छ ।
निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय भएको निर्वाचनका लागि समानुपातिकतर्फको मतपत्र भक्तपुरस्थित जनक शिक्षा सामग्री केन्द्रमा छपाइ गरिरहेको हो ।

पछिल्लो २४ घण्टामा मात्रै १३ लाख १४ हजार मतपत्र छपाइ भएको थियो । आयोगले कूल दुई करोड आठ लाख ३० हजार मतपत्र छाप्ने लक्ष्य राखेको छ । कुल मतदाता भन्दा केही प्रतिशत बढी मतपत्र छपाइ गर्नुपर्ने आयोगले जनाएको छ ।आयोगले उपलब्ध गराएको विवरण अनुसार अब एक करोड १९ लाख १३ हजार मतपत्र छाप्न बाँकी छ । यस्तै, हालसम्म २० हजार ८३० बाकस बराबरको मतपत्र भने प्याकिङ भइसकेको छ । अब १४ हजार ४२० बाकस बराबरको मतपत्र प्याकिङ गर्न बाँकी छ ।

केन्द्रले १० लाख ९८ हजार दुई सय थान मतपत्र भने नमूनाका रुपमा आयोगमा पठाइसकिएको जनाएको छ । समानुपातिक तर्फको मतपत्र छापिसकेपछि प्रत्यक्षतर्फको मतपत्र छाप्न सुरु गरिनेछ । फागुन २१ गतेलाई तय भएको प्रतिनिधि सभा निर्वाचन आउन अब ४५ दिन बाँकी छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports