सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

सुनको मूल्यमा फेरि नयाँ कीर्तिमान

1.26K
shares

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्यले फेरि नयाँ कीर्तिमान बनाएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य तोलामा २ लाख ८२ हजार रुपैयाँ पुगेको छ।

महासंघले सार्वजनिक गरेको मूल्यसूचीअनुसार १० ग्राम सुनकै मूल्य २ लाख ४१ हजार ७७० रुपैयाँ पुगेको छ ।यसअघि आइतबार सुन तोलामा २ लाख ७७ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो। एकै दिनमा सुनको मूल्य तोलामा ४ हजार २ सय रुपैयाँले बढेको महासंघले जनाएको छ।

यस्तै, चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी तोलामा ५ हजार ८१० रुपैयाँ पुगेको छ भने १० ग्राम चाँदीको मूल्य ४ हजार ९८१ रुपैयाँ कायम गरिएको छ। आइतबार चाँदी तोलामा ५ हजार ६२५ रुपैयाँमा कारोबार भएको थियो। अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य वृद्धि, डलरको उतारचढाव र लगानीकर्ताको आकर्षण बढ्नुले नेपाली बजारमा पनि सुनचाँदीको मूल्य लगातार उकालो लागिरहेको महासंघको भनाइ छ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports