linktrix Long Ad
Salt Trading Long Ad

कांग्रेसका नेता पूर्णबहादुर खड्का आशन्न निर्वाचन नलड्ने

1.73K
shares

काठमाडौं । नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्का आशन्न निर्वाचन नलड्ने भएका छन् । पार्टीमा विकसित पछिल्लो घटनाक्रमपछि उनी २१ फागुनमा हुन गइरहेको निर्वाचन नलड्ने भएका हुन् ।

निवर्तमान कार्यवाहक सभापति खड्का सुर्खेत–१ बाट प्रतिनिधिसभा निर्वाचनका लागि सिफारिसमा परेका थिए । उनीनिकट स्रोतले खड्का निर्वाचन नलड्ने पुष्टि गरेको छ ।‘पूर्ण दाइ चुनाव लड्न हुन्न । तर, चुनाव प्रचार–प्रसारका लागि देशभर जानुहुन्छ । पार्टीलाई जिताउन लाग्नुहुन्छ,’ उनीनिकट एक नेताले  भने ।

नेता खड्काले सर्वोच्च अदालतमा दाय गरेको मुद्दामा जुनसुकै फैसला आए पनि कांग्रेसलाई एकढिक्का बनाउन लाग्ने आफूनिकट नेताहरूसँग बताएका छन् ।‘अदालतको निर्णय गगनजीको पक्षमा आए सबैलाई मिलाएर पार्टीलाई एकढिल्का राख्ने,’ ती नेताले भने, ‘संस्थापनको पक्षमा निर्णय आयो भने गगनजीहरूलाई पनि मिलाएर पार्टी एकढिल्का बनाउँछु भन्नुभएको छ ।’

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports