विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

एन्फाले बनायो दवाडीको संयोजकत्वमा निर्वाचन समिति

806
shares

अखिल नेपाल फुटबल संघ (एन्फा)को निर्वाचनका लागि बिहीबार सप्पन्न बोर्ड बैठकले अधिवक्ता श्रीराम दवाडीको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको छ । अघिल्लो बैठकले एन्फा निर्वाचन आगामी जेठ १५ गते गर्ने निर्णय गरेको थियो । त्यसका किरण राईको संयोजकत्वमा बनेको निर्वाचन नियमावली मस्यौदा समितिले तयार पारेको निर्वाचन नियमावली पारित गरेको छ ।

अघिल्लो कार्यसमिति बैठकले किरण राइ संयोजक र मधुसुदन उपाध्याय उप-संयोजक र कार्यसमिति सदस्यहरू रत्न कुमार श्रेष्ठ, दिर्घ बहादुर केसी, पुर्णमान चित्रकार, पेमा डोल्मा, दावा लामा, प्रदेश सिंह राठौर र दिनेश व्यन्जनकार सदस्य रहने गरी नौ सदस्यीय निर्वाचन नियमावली मस्यौदा समिति गठन गरेको थियो ।

एन्फा कार्यसमितिले गरेको निर्णयहरू:-

१. निर्वाचन नियमावली सम्बन्धमा छलफल हुदाँ निर्वाचन नियमावली प्रस्तावित मस्यौदा फिफा र एएफसीको निर्देशनहरू पालना गर्ने गरी मस्यौदा पारित गर्ने ।

२. निर्वाचन समिति गठन गर्न अध्यक्षबाट प्रस्ताव भए बमोजिम संयोजक अधिवक्ता श्रीराम दवाडी, सह-संयोजक अधिवक्ता राम चन्द्र गौतम, सदस्य दामोदर भट्टराई वैकल्पिक सदस्यमा अधिवक्ता सरस्वती श्रेष्ठ र अधिवक्ता प्रिति कार्कीलाई निर्वाचन समितिमा मनोनयन गर्न संघको २०औँ विशेष साधारण सभा (एन्फा एक्ट्राअर्डिनरी कंग्रेस बैठकमा निर्णयार्थ पेस गर्ने निर्णय गरियो । साथै निजहरूको इन्ट्रीग्रीटी चेकचाज एन्फा लेखापालन तथा अनुपालक समितिले गर्ने निर्णय गरियो उक्त पारित निर्णयलाई अंग्रेजीमा अनुवाद गरी फिफा र एएफसीमा पत्राचार गर्ने निर्णय गरियो ।

३. निर्वाचन पुनरावेदन समिति गठन गर्न संघका अध्यक्षज्यूबाट प्रस्ताव भए बमोजिम संयोजक अधिवक्ता विष्णु लुइँटेल, सह-संयोजक अधिवक्ता सुधा रिजाल, सदस्य अधिवक्ता केशवमणि अर्याल र वैकल्पिक सदस्यहरूमा अधिवक्ता यज्ञ बहादुर राना र अधिवक्ता राजेन्द्र इङ्गनामलाई निर्वाचन पुनरावेदन समितिमा मनोनयन गर्न संघको आगामी २० मा विशेष सधारण सभा (एन्फा एक्ट्राअर्डिनरी कंग्रेस) औ बैठकबाट निर्णयार्थ पेस गर्ने निर्णय गरियो । साथै निजहरूको पनि एन्फा लेखापालन तथा अनुपालक समितिबाट ईन्टिग्रीटि चेकजांच गरी गर्ने निर्णय गरियो । उक्त पारित निर्णयलाई अंग्रेजीमा अनुवाद गरी फिफा र ए.एफ. सी. मा पत्राचार गर्ने निर्णय गरियो ।

४. संघको आ.व. २०७७५०७८ मा १९औँ वार्षिक साधारण सभाबाट अनुमोदित वार्षिक कार्यक्रमहरू विश्वव्यापी रूपमा फैलिएको कोभिड १९ रोगको माहामारीले स्थगीत भएको हुँदा उक्त अनुमोदित बजेटलाई आ.व. २०७८।०७९ को आर्थिक वर्ष भित्र रकमान्तर गरी खर्च गर्ने निर्णय गरियो ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports