सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

अहिले देश बनाउने र जलाउनेबीचको लडाईं जारी : अध्यक्ष ओली

741
shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नयाँ आएका राजनीतिक दलहरूसँग भोलिको भविष्यबारे केही पनि थाहा नभएको टिप्पणी गरेका छन् ।

शनिबार पार्टी मुख्यालय च्यासलमा आयोजित पार्टी प्रवेश कार्यक्रममा सम्बोधन गर्ने क्रममा उनले नारायणगोपालले सुनाएको गित स्मरण गरे ।

‘सायद नारायणगोपालले गाउनुभएको होला, भोलि उठी कहाँ जाने केही थाहा छैन, फर्कि आउने हो कि होइन केही थाहा छैन,’ ओलीले भने, ‘उहाँ (नयाँ दल) हरूको यात्रा त्यस्तै हो । भोलि कहाँ जाने त्यो पनि थाहा छैन, भोलि कहाँ जाने त्यो पनि थाहा छैन ।’

एनले आफूले नयाँ भनिएका दलका एक जनाको फेसबुक स्टाटस हेरेको बताए । उक्त स्टाटसमा आफूलाई मोटोमुनि गाडिदिने कुरा लेखेको भन्दै ओलीले आपत्ति जनाए ।‘एउटा स्टाटस हेरेको थिएँ मैले, अहिलेको नयाँहरूले लेखेछन्, केपी ओली महत्त्वपूर्ण हुनुहुन्छ, त्यसकारण उहाँलाई मोटोमुनि गाडिदिनुपर्छ । कस्तो मति, कस्तो बुद्धि, कस्तो राजनीति, हामी विचार गर्न सक्छौं,’ ओलीले भनेका छन् ।

अहिले देश बनाउने र जलाउनेबीचको लडाईं जारी रहेको ओलीको भनाइ छ ।‘कस्तो पवित्र भावना हेर्नुस् त मान्छे गाडिदिने ज्युँदै । त्यसकारण देश जलाउने र बनाउनेकाबीचको लडाईं छ अहिले । हामी देश बनाउने काममा जुट्नुपर्छ,’ उनले भने ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports