प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

जिम्बाबेमाथी नेपालको शानदार जित, विश्वकपमा छनोटको सम्भावना जिवितै

1.35K
shares

काठमाडौं । जारी आइसीसी महिला टी-२० विश्वकप ग्लोबल क्वालिफार्यस अन्तर्गत नेपालले जिम्बाबेलाई पराजित गरेको छ । शनिवार टियु क्रिकेट मैदानमा सम्पन्न खेलमा नेपालले जिम्बाबेलाई ६ विकेटले पराजित गरेको हो ।

जिम्बाबेले दिएको १३० रनको लक्ष्य पछाएको नेपालले १९.३ ओभरमा ४ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो । नेपालको जितमा पूजा महतोले अविजित ५२ रन बनाएकी थिइन् ।

पहिला ब्याटिङ गरेको जिम्बाबेले २० ओभरमा ६ विकेट गुमाउदै १२९ रन बनाएको थियो । जिम्बाबेको लागि केलिस एनधलोभले अविजित ५२ रन बनाएकी थिइन् भने बेलाभ्ड विजाले ३४ रन बनाएकी थिइन् । त्यस्तै नेपालका लागि बलर रिया शर्माले २ विकेट लिएकी थिइन् भने कबिता कुवेर, पूजा महतो, सिता राना मगर र रुबिना क्षेत्रीले एक एक विकेट लिएकी थिइन् ।

यो नेपालको जारी प्रतियोगितामा तेस्रो खेलमा पहिलो जित हो । अब नेपालले आफ्नो समुह चरणको अन्तिम खेल सोमबार स्कटल्याण्डविरुद्ध खेल्ने तालिका रहेको छ । त्यस्तै प्रतियोगितामा जिम्बाबेले भने लगातार तेस्रो हार बेहोर्दै प्रतियोगिताबाट बाहिरिएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports