सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

फेक रेस्क्यूमा संलग्न विभिन्न ट्राभल कम्पनीका सञ्चालक पक्राउ

871
shares

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) फेक रेस्क्यूमा संलग्न विभिन्न ट्राभल कम्पनीका सञ्चालकलाई पक्राउ परेको जनाएको छ । सीआईबी प्रमुख तथा एआईजी मनोज केसीले फेक रेस्क्यूमा नक्कली कारोबार गर्ने र पर्यटक ठगीमा संलग्नहरूलाई पक्राउ गरिएको जानकारी दिएका हुन् ।

सीआईबीले अदालतबाट पक्राउ अनुमति लिएरआजै जयराम रिमाल, विवेक पाण्डे, रविन्द्र अधिकारी, विवेकराज थपलिया, मुक्ति पाण्डे र सुभाष केसीलाई पक्राउ गरिएको जनाएको छ। उनीहरूमाथि राष्ट्रहित कसुरमा, आपराधिक लाभको कसुर र संगठित अपराधमा र सम्पत्ति शुद्धीकरणको मुद्दामा अनुसन्धान जारी छ ।जयराम र विवेक माउन्टेन रेस्क्यू सर्भिसका, नेपाल चार्टर सर्भिस प्रालिका रविन्द्र अधिकारी र विवेकराज थपलिया, एभरेस्ट एक्सपिरियन्स एण्ड एसिस्टेन्स प्रालिका मुक्ति पाण्डे र सुभाष केसी हुन् ।

सीआईबीका अनुसार माउन्टेन रेस्क्यू सर्भिस प्रालिले १२४८ जनामध्ये १७१ जनाको फेक रेस्क्यू गरेको अनुसन्धानबाट खुलेको छ । योबाट उसले १ करोड बढी अमेरिकी डलर बीमा दाबी गरेको पाइएको छ ।त्यस्तै नेपाल चार्टर सर्भिस प्रालिले ४७१ जना रेस्क्यू गर्दा ७५ जनाको फेक रेस्क्यू गरेको खुलेको छ । उनीहरूले ८२ लाख डलर माग दाबी गरेको अनुसन्धानमा खुलको छ । त्यस्तै एभरेस्ट एक्सपिरियन्स एण्ड एसिस्टेन्स प्रालिले ६०१ जनामध्ये ७१ पर्यटकको शंकास्पद रेस्कयू गरेको पाइएको हो । उनीहरूले यसबापत ११ लाख ५३ हजार अमेरिकी डलर माग दाबी गरेको पाइएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports