सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

सहिदहरूका बलिदानको मूल्याङ्कनलाई हामी कहिल्यै भुल्नै छैनौ : एमाले अध्यक्ष ओली

702
shares

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अमर सहिदहरूको बलिदानको मूल्यलाई आफूले कहिल्यै नबिर्सने र राष्ट्रिय स्वाधीनता तथा लोकतन्त्रको रक्षाका लागि सधैं प्रतिबद्ध रहेको बताएका छन् ।

सहिद दिवसको अवसरमा सामाजिक सञ्जालमा लेख्दै अध्यक्ष ओलीले आज माघ १६ गते मनाइँदै आएको सहिद दिवस केवल क्यालेन्डरको एउटा मिति मात्र नभई नेपाली जनताले प्राप्त गरेको स्वतन्त्रता र लोकतान्त्रिक अधिकारको इतिहाससँग गहिरो रूपमा जोडिएको दिन भएको उल्लेख गरेका छन् ।आजको अवस्थाबाट हेर्दा यो दिन केवल क्यालेन्डरको एउटा मितिजस्तो लाग्नसक्ने भए पनि विगतमा फर्केर हेर्दा अहिले उपभोग गरिरहेको स्वतन्त्रता ठूलो संघर्ष र बलिदानबाट प्राप्त भएको स्पष्ट हुने अध्यक्ष ओलीले बताए ।

वि.सं. १९९७ सालमा प्रजातन्त्रको पक्षमा आवाज उठाउने शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गंगालाल श्रेष्ठलाई निरङ्कुश राणा शासनले मृत्युदण्ड दिएको स्मरण गर्दै अध्यक्ष ओलीले त्यही बलिदानबाट लोकतान्त्रिक आन्दोलनको बीऊ रोपिएको बताए । निरङ्कुश र जहानियाँ शासनको अन्त्य गर्दै आजका लोकतान्त्रिक अधिकार स्थापित गर्न कम्युनिष्ट र कांग्रेसको संयुक्त आन्दोलनले महत्वपूर्ण भूमिका खेलेको ओलीले स्मरण गरे ।

‘निरङ्कुश र जहानियाँ शासनको ठाउँमा आजको लोकतान्त्रिक अधिकार स्थापित गर्ने आन्दोलनको बीऊ त्यसरी रोपिएको थियो । कम्युनिस्ट र कांग्रेसको संयुक्त आन्दोलनको उपज हो आज समाजले पाएको लोकतान्त्रिक अधिकार ।’ अध्यक्ष ओलीले फेसबुकमा लेखेका छन्, ‘यस ऐतिहासिक विरासतलाई स्मरण गर्दै अमर शहीदहरू दशरथ चन्द, शुक्रराज शास्त्री, धर्मभक्त माथेमा र गंगालाल श्रेष्ठलाई हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु । अमर सहिदहरूका बलिदानको मूल्यलाई हामी कहिल्यै भुल्ने छैनौँ, हाम्रो राष्ट्रिय स्वाधीनता र लोकतन्त्रको रक्षा गर्ने छौँ ।’

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports