२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र त्यही प्रदर्शनमा भएको दमनको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

प्रधानमन्त्री कार्कीसँगको भेटमा ओलीले उठाए फागुन २१ को निर्वाचन निष्पक्ष हुनेमा प्रश्न

2.5K
shares

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फागुन २१ को निर्वाचन निष्पक्ष हुनेमा प्रश्न उठाएका छन् ।

बिहीबार बिहान बालुवाटारमा प्रधानमन्त्रीको सुशीला कार्कीसँगको भेटमा ओलीले निर्वाचनलाई भयरहित, स्वतन्त्र र निष्पक्ष बनाउन सुरक्षा चुनौती यथावत् रहेको बताएका हुन् ।भेटमा प्रधानमन्त्री कार्कीले भने निर्वाचनका लागि बुधबारदेखि ८० हजार सेना खटिइसकेको बताउँदै अब सुरक्षामा कुनै कमीकमजोरी नहुने बताइन् ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार रामबहादुर रावलले प्रधानमन्त्री कार्की र ओलीबिच भेट भएको बताए । कुराकानीको विस्तृत विवरण भने आफूलाई जानकारी नरहेको रावलले बताए ।प्रधानमन्त्रीलाई भेट्न ओलीसँग एमाले नेता विष्णु रिमाल पनि बालुवाटार पुगेका थिए ।निकट स्रोतका अनुसार वर्तमान सरकारले गर्ने निर्वाचन निष्पक्ष हुनेमा प्रश्न उठाएका ओलीले निर्वाचन सार्ने विषयमा प्रधानमन्त्री कार्कीले दिएको अभिव्यक्तिबारे पनि चासो राखेका थिए ।

जवाफमा प्रधानमन्त्री कार्कीले हिमाली जिल्लामा हिमपात भएमा सर्न सक्ने बताएको र सर्छ नै नभनेको बताएकी थिइन् ।कार्कीले मतदाता, उम्मेदवार र कर्मचारीको सुरक्षामा कुनै कसर नराखिने बताएकी थिइन् । बिहान साढे १० बजेदेखि करिब दुई घण्टा छलफल चलेको बताइएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports