निर्वाचन आचारसंहिता उल्लंघन गर्ने २१ जनाले अझै बुझाएनन स्पष्टीकरण
वि.सं.२०८२ माघ २८ बुधवार १६:४०
shares

प्रतिनिधि सभा निर्वाचनको आचारसंहित उल्लघंन गरेको आरोप लागेका २१ जनाले स्पष्टीकरण बुझाएका छैनन्।
निर्वाचन आचारसंहित लागू भएपछि निर्वाचन आयोगले अहिलेसम्म ५१ जनालाई स्पष्टीकरण सोधेको थियो। त्यसमध्ये ३० जनाले मात्रै स्पष्टीकरण बुझाएको आयोगका सहायक प्रवक्ता कुल जीसीले बताए।
जीसीका अनुसार, २१ जनाले स्पष्टीकरण बुझाएका छैनन्। उनीहरूलाई स्पष्टीकरण बुझाउन ताकेता गरिएको आयोगले जनाएको छ।निर्वाचन आचारसंहिता उल्लघंन गरेको देखिएमा आयोगले स्पष्टीकरण सोध्ने गरेको छ। स्पष्टीकरण आएपछि जाँचबुझ गरी कारबाहीको निर्णय गर्छ।
प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि आयोगले माघ ४ गतेदेखि आचारसंहिता लागू गरेको छ।





































