सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

डडेलधुराका शेरबहादुर देउवा एमालेमा प्रवेश

1.35K
shares

कैलाली । नेपाली कांग्रेसका स्थानीय नेता शेरबहादुर देउवा नेकपा एमालेमा प्रवेश गरेका छन् ।

एमाले डडेल्धुराले आयोजना गरेको गन्यापधुरा गाउँपालिका-स्तरीय कार्यकर्ता भेटघाट कार्यक्रममा कांग्रेसका तत्कालीन मष्टामाण्डौ गाउँ कमिटी सभापति देउवाले कांग्रेस परित्याग गर्दै एमाले प्रवेश गरेको जानकारी नेकपा एमाले डडेल्धुरा प्रचार विभाग प्रमुख सुन्दर जैरुले दिएका छन् ।

प्रतिनिधिसभा सदस्यका उम्मेदवार चक्रप्रसाद स्नेहीलाई विजयी गराउने उद्देश्यसहित देउवासहित एक दर्जन नेता-कार्यकर्ता एमालेमा प्रवेश गरेको जनाइएको छ ।

गाउँपालिका-३ मा देउवाको राम्रो प्रभाव रहेको बताइएको छ । उनलाई नेकपा एमाले जिल्ला कमिटी अध्यक्ष गजेन्द्र शाही, प्रतिनिधिसभा उम्मेदवार चक्रप्रसाद स्नेहीलगायत नेताहरूले स्वागत गरेका थिए ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports