तत्कालिन प्रतिनिधिसभाको २०७४ र २०७९ का दुवै कार्यकालयमा निजामित विधेयकको मस्यौदा तयार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

एफए कपको चौथो चरणबाट बाहिरियो म्यानचेस्टर युनाइटेड, रोनाल्डो पेनाल्टीमा चुके

481
shares

म्यानचेस्टर युनाइटेड एफए कपको चौथो चरणबाट बाहिरिएको छ।

शुक्रबार राति भएको खेलमा मिडल्सबर्ग सँग पेनाल्टी सुटआउटमा पराजित हुँदै म्यानचेस्टर युनाइटेड एफए कपको चौथो चरणबाटै बाहिरिएको हो।निर्धारित ९० मिनेटको खेल १–१ गोलको बराबरीमा सकिएपछि थपिएको अतरिक्त समयमा पनि गोल हुन नसकेपछि खेलको निर्णय ट्राइब्रेकरबाट लिइएको थियो।पेनाल्टीमा पनि सहजै माथिल्लो चरणमा जाने टोलीको टुङ्गो लागेन।माथिल्लो चरणमा जाने टोलीको टुङ्गो लगाउन १६ वटा पेनाल्टी प्रहार गर्न लगाइएको थियो। जसमा मिडल्सबर्ग ८–७ ले विजयी भयो।खेलको २५ औं मिनेटमा नै युनाइटेडले खेलमा अग्रता लिएको थियो। उसका लागि ब्रुनो फर्नान्डेजको पासमा सान्चोले गोल गरेका थिए।

त्यसअघि खेलको २० औं मिनेटमा क्रिस्टियानो रोनाल्डोले पेनाल्टी मिस गर्दा गोल गर्ने मौका गुमाएको थियो। पहिलो हाफ १-० ले अघि रहेको म्यान्चेष्टरले दोस्रो हाफमा बराबरी गोल खायो। खेलको ६४ औं मिनेटमा मिडल्सबर्गले बराबरी गोल फर्काएको थियो। उसका लागि वाटमोरको पासमा क्रूक्सले गोल गरेका थिए।त्यसपछि निर्धारित ९० मिनेटसम्म खेल १-१ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो। अतिरिक्त समयमा पनि दुबै टोलीबाट गोल हुन नसकेपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो।

पेनाल्टीमा पनि सहजै माथिल्लो चरणमा जाने टोलीको टुङ्गो लागेन।सुरूआती ५-५ प्रहार गोल भएपछि सडन डेथमा गएको खेलको १६ औं पेनाल्टी प्रहारमा म्यान्चेष्टरका एन्थोनीले मिस गरेपछि मिडल्सबर्ग विजयी भयो।माथिल्लो चरणमा जाने टोलीको टुङ्गो लगाउन १६ वटा पेनाल्टी प्रहार गर्न लगाइएको थियो।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports