तत्कालिन प्रतिनिधिसभाको २०७४ र २०७९ का दुवै कार्यकालयमा निजामित विधेयकको मस्यौदा तयार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

रामकृष्ण हुमागाईं फेरि एमालेमै फर्किए

468
shares

ललितपुरका नेता रामकृष्ण हुमागाईं फेरि एमालेमा फर्किएका छन् । शुक्रबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग बालकोटमा भेटघाटपछि उनी एमाले पार्टीमा फर्कन राजी भएका हुन् ।

एमाले ललितपुरका अध्यक्ष पुरुषोत्तम आचार्यले हुमागाईंसँग सघन वार्तापछि उनी एमालेमा फर्कन तयार भएको बताए । उनले भने, ‘हामी उहाँलाई पार्टीकै महत्वपूर्ण जिम्मेवारी दिँदैछौं ।’गत निर्वाचनमा प्रदेश सासंदको उम्मेदवारी दिने लगभग पक्का भएको अवस्थामाा टिकट नपाउँदा उनी असन्तुष्ट बनेका थिए । तत्कालीन समयमा माओवादी केन्द्रसँग पार्टी एकता हुँदा उनले कुनै जिम्मेवारी नपाएपछि असन्तुष्ट हुँदै नेपाली कांग्रेसमा प्रवेश गरेका थिए ।

कांग्रेसको जिल्ला अधिवेशनमा उनी आन्तरिक प्रतिष्पर्धा प्राथमिकतामा नपर्दा निराश भए । केही समयअघि उनले सामाजिक सञ्जालमा लेख्दै पार्टीमा नरहेको घोषणा गरेका थिए ।बालकोटमा राति अवेरसम्म भएको छलफलमा संघीय सासंद नवराज सिलवाल, जिल्ला अध्यक्ष पुरुषोत्तम आचार्य, केन्द्रीय सदस्य हरिकृष्ण व्यञ्जनकार, स्थायी कमिटी सदस्य सुशीला नेपाललगायत सहभागी थिए ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports