प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

गोविन्द परियार प्रधानमन्त्री देउवाको प्रेस प्रमुखमा नियुक्त

598
shares

प्रधानमन्त्री शेरबहादुर देउवाको प्रेस प्रमुखमा पत्रकार गोविन्द परियार नियुक्त भएका छन्।

प्रधानमन्त्री देउवाले उनलाई गत माघ १ मै प्रेस प्रमुखमा नियुक्त गरेका हुन्।उनी यसअघि देउवा प्रधानमन्त्री हुँदा पनि प्रेस संयोजक थिए। ०७४ असार २६ मा देउवाले परियारलाई प्रेस संयोजक नियुक्त गरेका थिए।नेपाली कांग्रेसका सभापतिसमेत रहेका देउवाको सचिवालयमा रहेर उनले लामो समयदेखि प्रेस हेर्दै आएका छन्।

राष्ट्रिय तथा अन्तराष्ट्रिय पत्रकारितामा तालिम प्राप्त गरेका परियार करिब १५ वर्षदेखि पत्रकारितामा क्रियाशिल थिए।प्रधानमन्त्री देउवाले प्रेस सल्लाहकार नियुक्त नगरी प्रेस प्रमुख नियुक्त गरेका हुन्।

असार २९ मा प्रधानमन्त्री भएका देउवाले ढिला गरी सचिवालय बनाएका छन्।प्रधानमन्त्री देउवाले भानु देउवालाई प्रमुख स्वकीय सचिव र आइटी विज्ञमा दिपेश विष्टलाई नियुक्त गरिसकेका छन्।प्रमुख राजनीतिक सल्लाहकार, परराष्ट्र सल्लाहकार, आर्थिक सल्लाहकारलगायत मुख्य पदमा भने प्रधानमन्त्री देउवाले अहिलेसम्म कसैलाई नियुक्त गरेका छैनन्।

प्रधानमन्त्री देउवाले कानुनतर्फ केशवराज जोशी र प्रशासनिक सल्लाहकारमा जनार्दन नेपाललाई सचिवालयमा नियुक्त गरिसकेका छन्। यस्तै नुवाकोटका किरण गजुरेललाई प्रधानमन्त्रीले गत मंगलबार भाषण तथा वक्तव्य विज्ञ समूहमा रहने गरी नियुक्त गरेका थिए।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports