जुन भूमिगत शक्तिले बालेन रविलाई मिलायो
त्यही शक्तिले बालेनलाई झापा ५ मा पठायो
वि.सं.२०८२ फागुन ७ बिहीवार ११:४०
shares

काठमाडौ । निर्वाचनको मिति आउन अब १३ दिनमात्र बाँकी रहेको छ । प्राय सबै दलहरु निर्वाचनमा होमिएका छन् । पुराना भनिएका नेपाली कांग्रेस, नेकपा एमाले र पटक पटक आफ्नो पार्टीको नाम परिवर्तन गर्दै जनतालाई ढाँट्न खप्पिस रहेका पुष्पकमल दाहाल संयोजक रहेको नेपाली कम्युनिष्ट पार्टी सहित नयाँ भनिएका रास्वपा सहितका अन्य दलहरु समेत चुनावी प्रचार प्रसारमा व्यस्त रहेकाछन् ।
काठमाडौ महानगरका तत्कालिन मेयर बालेन साह रास्वपामा प्रवेश गरेर रास्वपाको वरिष्ठ नेता हुँदै झापाको संसदीय निर्वाचन क्षेत्र ५ बाट उम्मेदवार बनेका छन् । उनलाई रास्वपाले भावि प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्दै निर्वाचनमा होमिएको छ । झापा ५ मै बालेन साह किन पुगे त्यसको उत्तर आजसम्म बालेनले दिन सकेका छैनन् । झापा ५ बाट लामो समयदेखि नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी ओली निर्वाचित हुँदै आएका थिए ।
गत भाद्र २४ गते जेनजीहरुले गरेको विरोध प्रर्दशनलाई लिएर विभिन्न प्रश्नहरु उठिरहेका छन् । जेनजीहरुको विरोध प्रदर्शनलाई बालेन साहले समर्थन गरेका मात्र थिएनन् कुनै अँध्यारो कोठामा बसेर नसाको सुरमा स्टाटस लेख्दै जेनजीहरुले गरेको विरोध प्रदर्शनलाई उत्तेजित पार्न र त्यही भिडलाई देखाएर तत्कालीन केपी ओली नेतृत्वको सरकार ढाल्ने मुख्य उदेश्यले जेनजीहरुको विरोध प्रदर्शनलाई हाइज्याक गरेर विध्वसात्मक कार्य गरिएको थियो ।
भाद्र २३ गते काठमाडौ र इटहरीमा गरि गोली लागेर २१ जनाको निधन भएको थियो । प्रहरीलाई गोली हान्न बाध्य पार्ने उदेश्यले जेनजीहरुको प्रयोग गरिएको रहस्य खुल्दै गएको छ । जेनजीहरुले गरेको शान्तिपूर्ण विरोध प्रदर्शनलाई हिसात्मक टीओवी ग्रुप, रास्वपाका केही नेताहरु र रास्वपाका समर्थक व्यक्तिहरुले नै हिंसात्मक कार्य गर्न जेनजीहरुलाई प्रयोग गरेको अहिले जेनजी अगुवाहरुले नै बताइरहेका छन् ।
रास्वपाका सभापति रवि लामिछाने सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र संगठित अपराधमा संलग्न भएको भन्दै विभिन्न जिल्ला अदालतमा मुद्दा दायर भएका थिए । त्यसबेला केपी ओली नै प्रधानमनत्री रहेकाले लामिछाने र रास्वपाका नेताहरुले लामिछानेमाथि ओली सरकारले प्रतिशोध लिएको भन्दै आक्रोश पोखिरहेका थिए । कानुनी राज्यमा सरकारको आदेशमा होइन अदालतको आदेशमा रवि जेल पुगेका थिए ।
रविले सहकारीबाट आफूले पैसा नलिएको बताउँदै आएका भएपनि प्रमाणले उनले पैसा लिएको देखाएको थियो । त्यी सबै कारणहरुले गर्दा रवि र रास्वपाका नेताहरु तत्कालिन प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारसँग रुष्ट रहेका र ओली सरकारलाई सम्वैधानिक प्रक्रियाबाट हटाउन नसकिने अवस्था रहेकाले गर्दा नै उनीहरु र बालेन साहकै निर्देशनमा भाद्र २३ गते र भाद्र २४ गतेको हिसात्मक घटना घटाईएको थियो ।
भाद्र २४ गते नै तत्कालिन प्रधानमन्त्री केपी ओलीले पदबाट राजिनामा दिएपछि बालेन साहले स्टाटसमार्फत जेनजीहरुका केही अगुवाहरुलाई नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलसँग वार्ता गर्न आग्रह गर्दै स्टाटस लेख्नुको कारण के थियो ? जेनजीहरुको विरोध प्रदर्शनमा पानी बाँड्न आएको बताउने सुदन गुरुङ कसरी एक्कासी जेनजीहरुको अगुवा बने ?
भाद्र २७ गते सर्बोच्च अदालतकी पूर्व प्रधानन्यायाधिश सुशिला कार्कीलाई राष्ट्रपतिले संविधान विपरित प्रधानमन्त्रीमा नियुक्त गरे त्यो पनि बालेन र गुरुङकै सिफारिसमा यी सबै तथ्यहरुले प्रष्ट हुन्छ भाद्र २३ र २४ गतेको घटनाको जिम्मेवार बालेन सहितका व्यक्तिहरु नै हुन् भनेर । उनीहरुले नै प्रहरीलाई गोली प्रहार गर्न बाध्य पारेका हुन् भन्ने प्रष्ट खुल्दै गएका विभिन्न भिडियोहरु सार्वजनिक भएका छन् ।
सुशिला कार्की नेतृत्वको सरकारले निर्वाचनको मिति घोषणा गरेपछि बालेन सहितका धेरै व्यक्तिहरु रास्वपामा प्रवेश गरेका छन् । रास्वपा र बालेन अथवा रवि र बालेनलाई मिलाउने शक्तिले नै बालेनलाई झापा पु¥याएको हो । कुनै बेला स्वर्गीय पूर्व प्रधानमन्त्री सूर्य बहादुर थापाले भन्ने गर्दथे सरकार भूमिगत गिरोहले चलाएको छ भनेर ।
अहिले त्यही प्रवृत्ति रास्वपामा देखिएको छ । त्यही शक्तिले रवि र बालेनलाई एकै ठाउँमा बस्न बाध्य बनाएको छ । भाद्र २३ र २४ गतेको विध्वसात्मक कार्य गर्नेहरु प्रायः सबैलाई त्यही शक्तिले रास्वपामा प्रवेश गराएर रास्वपाबाटै उम्मेदवार बनाएको छ । त्यही कारणले गर्दा रास्वपामा भिड बढेको छ । भिडतन्त्रले सत्ता दिलाउन सक्ला तर त्यस्तो भिडतन्त्रले शासन गर्न सक्ने सम्भावना नै हुँदैन ।
रास्वपाले भावि प्रधानमन्त्रीको उम्मेदवार बनाएका बालेन साहले आफ्नो थर आफैँले बदलेर शाह ठकुरी हुन खोज्नु भनेको अर्को गम्भीर अपराध हो । बालेन जनतासँग नबोल्नुको पछाडि पनि त्यही थर रहस्यमय बनेको छ । जनताले त्यस विषयमा प्रश्न गर्न सक्ने भन्दै उनी चुपचाप हात हल्लाएर हिड्ने गरेका छन् ।
बालेनले पहिला महोत्तरीबाट लिएको नागरिकतामा बालेन साहल उल्लेख गरिएको छ भने पछि काठमाडौ जिल्ला प्रशासन कार्यालयबाट लिएको प्रतिलिपीमा साहको सट्टा शाह थर लेखिएको हुनाले उनका विरुद्ध प्रहरीमा जाहेरी परेको छ । यसरी आफ्नो थर ढाँटेर आफूलाई शाह ठकुरीको हैसियतमा पु¥याउन खोज्ने व्यक्तिले जनताको पक्षमा काम गर्दछन् भनेर उनको पछाडि लाग्नु भनेको मुर्खता बाहेक अन्य केही हुन सक्दैन ।
बालेन तिनै व्यक्ति हुन् जसले आफ्नी श्रीमती सवार गाडीलाई प्रहरीले चेकजाँच गर्दा सिंहदरबारमा आगो लगाईदिन्छु भनेर स्टाटस लेखेका थिए । सिंहदरबारमा आगो लाग्यो तर साहमाथि सामान्य सोधपुछ सम्म भएन किन ? काठमाडौ महानगरमा रहेका दमकल सिंहदरबार, सर्बोच्च अदालत सहितका भवनहरुमा आगजनी हुँदा आगो निभाउन दमकल प्रयोग गरिएन तिनै साहको निर्देशनमा । यी सबै कार्यहरुले गर्दा बालेनको सहयोगमा नै रास्वपालाई कब्जा गर्ने राजनीतिमा ठुलो शक्ति लागेर बालेनलाई प्रयोग गरिरहेको हो कि भन्ने आशंका जन्मिएको छ । भूमिगत शक्तिले कुनै हालतमा पनि केपी ओलीलाई निर्वाचित हुन नदिने रणनीतिले बालेनलाई प्रयोग गरिरहेको छ भन्ने अनुमान सहजै गर्न सकिन्छ ।





































