गत फागुन २१ गते सम्पन्न भएको संघीय संसद प्रतिनिधिसभाको निर्वाचनमा झण्डै दुई तिहाई...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

रास्वपाद्वारा भाद्र २३ र २४ गतेको घटनाको स्वीकार

2K
shares

 

काठमाडौ । निर्वाचनको मिति आउन अब १३ दिनमात्र बाँकी रहेको छ । प्रायः सबै दलले आ आफ्नो पार्टीको घोषणापत्र सार्वजनिक गरिसकेका भएपनि त्यस्ता घोषणापत्रमा जनताले सुन्न चाहेका भाषणा धेरे गरेपनि देशको वास्तविकताको पूर्ण पहिचान त्यसमा आमूल परिवर्तनको रणनीति, सोही नीतिमा आम नागरिकलाई गोलवद्ध गराउने संकल्प र त्यागको भावनालाई सिर्जना गर्ने भाषणा सुन्ने सौभाग्य नेपाली जनताले विरलै पाएका छन् । घोषणापत्रमा मिठा मिठा शब्द राखेर पुरा गर्नै नसकिने वाचाहरु गरेर जनतालाई भ्रममा राखेर पार्टीगत स्वार्थ र व्यक्तिगत स्वार्थ पुरा गर्ने रणनीति दलहरुको चरित्र पहिला देखिकै हो ।
पुराना भनिएका दलहरु नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टीहरुले जनताको भावना र चाहना बुझन् नसकेको हुनाले हामीले नयाँ दल गठन गर्नु परेको हो भने रास्वपाले समेत पुरानै दलको जस्तो जनतालाई झुक्याउने खालको घोषणापत्र जारी गरेको छ भने अन्य नयाँ दलहरुले समेत त्यस्तै घोषणापत्र जारी गरेका छन् । नयाँ दलहरुले भिडतन्त्र जम्मा गरेर त्यही भिडलाई देखाएर आफ्नो स्वार्थ पूरा गर्न खोजिरहेका छन् । पुराना भनिएका दलहरुले नै मुलुकमा लोकतान्त्रिक व्यवस्थाको स्थापना गरेका हुन् । नेपाली कांग्रेस र नेकपा एमालेले लामो समयसम्म संघर्ष गरेर राजनीतिक परिवर्तन गर्न सफल भएपनि उनीहरुले समेत जनताको भावना बुझ्न सकेको अवस्था देखिएन । राजनीति भनेको जनताको लागि हो । जनताको सेवा सुविधामा नै राजनीतिक दलहरु रमाउनुपर्नेमा उनीहरु त्यसमा चुकेका छन् ।
नयाँ दलहरु मध्येको रास्वपा २०७९ सालको निर्वाचन अघि गठन गरिएको थियो । सो दलले पहिलो पटकमै संसदमा उपस्थिति मात्र जनाएन सरकारमा समेत सामेल भएको थियो । जब रास्वपाका सभापति रवि लामिछाने सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र संगठित अपराधमा जेल परे त्यसपछि रास्वपाले तत्कालिन केपी ओली नेतृत्वको सरकारले आफूलाई प्रतिशोध लिएको भन्दै षड्यन्त्रका तानावाना बन्न थाले ।
लामिछाने तिनै प्रधानमन्त्री ओलीको नेतृत्वको सरकारमा दुई÷दुई पटक उपप्रधानसहित गृहमन्त्री बनेका थिए । सहकारी पिडितहरुले लामिछानेको विरोध गर्दै सडक संघर्षमा उत्रिएपछि उनीमाथि अनुसन्धानहरु भएको थियो । सो अनुसन्धानले दोषी ठहर गर्दै विभिन्न जिल्ला अदालतमा मुद्दा दायर भएपछि रास्वपाले तत्कालिन ओली सरकारमाथि विभिन्न आरोप लगाउँदै ओली सरकारलाई बैधानिक रुपमा ढाल्न नसक्ने अवस्था देखेर तत्कालिन काठमाडौ महानगरका मेयर बालेन साहको सहयोगमा षड्यन्त्रका तानावाना बुनेर जेनजीहरुले गरेको विरोध प्रदर्शनलाई हाइज्याक गरेर भाद्र २४ गते विध्वसात्मक कार्य समेत गरियो ।
सो कार्यमा सहभागि भएका प्राय सबै व्यक्तिहरु अहिले रास्वपाका उम्मेदवार रहेकाले रास्वपाले समेत भाद्र २३ र २४ गतेको विध्वसात्मक कार्यको जिम्ेमवारी लिनुपर्दछ । रास्वपाले बालेनलाई आफ्नो पार्टीमा प्रवेश गराउँदा बालेनसँग भएको सहमतिको बुँदा नं. ४ मा जेनजीहरुको विरोध प्रर्दशनको स्वामित्व लिने सहमति भएकाले त्यसको जिम्मेवारी रास्वपाले लिनुपर्दछ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports