सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

सिंहदरबार जलाएको आरोपमा पक्राउ परेका महेन्द्र गौतमलाई उन्मुक्ति दिने सरकारको निर्णय

1.03K
shares

काठमाडौं । जिल्ला सरकारी वकीलको कार्यालय काठमाडौंले सिंहदरबारमा आगजनी गरेको आरोपमा पक्राउ परेका महेन्द्र गौतमलाई उन्मुक्ति दिने निर्णय गरेको छ ।

भदौ २४ गते प्रदर्शनमा सिंहदरबार जलाएको र आगजनी गर्न भीडलाई उत्तेजित बनाएका ३६ वर्षीय गौतमलाई ५ महिनाको खोजीपश्चात २२ माघमा चितवनबाट पक्रेर काठमाडौं ल्याइएको थियो । तर प्रधानमन्त्री सुशीला कार्कीकी कानुनी सल्लाहकार, महान्यायाधिवक्ता सविता भण्डारीको आदेशानुसार गौतमविरुद्ध मुद्दा नचलाउने निर्णय भएको बुझिएको छ ।

चितवनको खैरहनी नगरपालिका–९ घर भई काठमाडौं महानगरपालिका–२९ अनामनगर बस्ने गौतमलाई भिडियोको आधारमा प्रहरीले पक्राउ गरेको थियो । गौतमले भिडियोमा भनेका थिए, ‘सिंहदरबारको गेट तोडेरभित्र पसेर गृह मन्त्रालयदेखि सबै कार्यालयमा आगो लगाई भ्याइसक्यौं ।’

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports