सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

सुस्ता रास्वपाका सचिवले समेत छोडे रास्वपा

1.05K
shares

रुपन्देही । पश्चिम नवलपरासीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) छाड्ने क्रम बढ्दै गएको छ ।

सोमबार सुस्ता गाउँपालिकाका सचिव कृष्णप्रसाद पन्थले रास्वपा छाडेको घोषण गरेका छन् ।रास्वपाको भनाई र गराईमा एकरुपता नभएको र पार्टी अवसरवादीको चङ्गुलमा परेकाले पार्टी छाडेको पन्थले बताएका छन् ।जुन आशा रास्वपाप्रति थियो त्यो क्रमशः क्षिण हुँदै गएकाले बाध्य भएर पार्टी छाड्नुपरेको उनले बताए ।

इमान्दार नेता कार्यकर्तालाई पाखा लगाउने र अवसरवादीहरुलाई पार्टीमा भित्र्याउने काम भइरहेको पन्थले बताए । अब आफू कुनै पार्टीमा प्रवेश नगरी स्वतन्त्र बस्ने पन्थले बताए । दुई दिन अगाडि मात्रै सुस्ताकै रास्वपा उपसभापति गुप्त सेन ठकुरीले पनि पार्टी छाडेका थिए ।

उनले पनि पार्टीको भनाई र गराईमा एकरुपता नदेखिएको र देशलाई निकास दिनसक्ने अवस्था नदेखेर पार्टी छाडेको बताएका थिए । कांग्रेसका नेता बिक्रम खनाललाई रास्वपा भित्र्याएर टिकट दिएपछि सो क्षेत्रका रास्वपाका कार्यकर्ता असन्तुष्ट देखिएका हुन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports