सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

वीरगन्जमा कर्फ्यु हट्यो, निषेधाज्ञा जारी

988
shares

काठमाडौँ । दुई पक्षबीचको विवादपछि उत्पन्न तनावलाई नियन्त्रण गर्न स्थानीय प्रशासनले लगाएको कर्फ्यू सोमबार साँझदेखि हटाएको छ। जिल्ला सुरक्षा समितिको बैठकले सुरक्षा अवस्थाको समीक्षा गर्दै परिस्थिति सामान्यतर्फ उन्मुख भएको निष्कर्ष निकालेपछि कर्फ्यू हटाउने निर्णय गरेको हो।

यसअघि उग्र बनेको प्रदर्शन र सम्भावित झडपलाई मध्यनजर गर्दै प्रशासनले नगर क्षेत्रमा पूर्ण बन्देज लगाएको थियो। अहिले जनजीवन क्रमशः सहज बन्दै गए पनि पूर्ण रूपमा जोखिम टिनसकेकाले निषेधाज्ञा भने कायमै राखिएको छ।पछिल्लो परिस्थितिलाई मध्यनजर गर्दै पर्सा प्रशासनले सोमबार बिहान ९:४५ बजेदेखि अर्को आदेश जारी नहुन्जेलसम्मका लागि पूर्णकालीन कर्फ्यू लगाएको थियो। तर, सुरक्षा संयन्त्रको पछिल्लो रिपोर्टले जनजीवन शान्त रहेको देखाएपछि प्रशासनले खुकुलो नीति लिएको हो।

प्रशासनद्वारा जारी विज्ञप्तिअनुसार अबका केही घण्टा सुरक्षाको विशेष निगरानीमा रहनेछन्। ‘साँझ ४:३० बजेदेखि भोलि बिहान मिति २०८२/११/१२ गते बिहान ८ बजेसम्मका लागि कुनै किसिमको भेला गर्ने, सभा, जुलुस तथा प्रदर्शन गर्न नपाउने गरी स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (३क) बमोजिम निषेधाज्ञाको आदेश जारी गरिएको छ,’ पर्साको प्रमुख जिल्ला अधिकारी भोला दाहाल द्वारा जारी सूचनामा भनिएको छ।स्थानीय प्रशासनले कर्फ्यू हटाए पनि वीरगञ्जका मुख्य चोकहरूमा सुरक्षाकर्मीको उपस्थिति भने बाक्लो राखेको छ। सामाजिक सद्भावमा खलल पुग्ने गतिविधि हुन सक्ने आशंकामा प्रहरीले गस्ती बढाएको छ। वीरगञ्जको माइस्थान, घण्टाघर र आदर्शनगर क्षेत्रमा स्थिति नियन्त्रणमा राख्न सुरक्षा सतर्कता अपनाइएको हो।

पर्साका प्रमुख जिल्ला अधिकारीले जारी गरेको सूचनामा भनिएको छ, ‘समग्र शान्ति सुरक्षाको अवस्था विश्लेषण गर्दा परिस्थिति क्रमशः सुधार हुँदै गएको देखिएको भन्दै स्थानीय प्रशासनले कर्फ्यू हटाइ निषेधाज्ञा जारी गरेको हो।’ प्रशासनले सामाजिक सञ्जालमा भ्रामक सूचना नफैलाउन र धार्मिक तथा सामाजिक सहिष्णुता कायम राख्न सम्पूर्ण नगरबासीलाई अपिल समेत गरेको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports