सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

पार्टीपंक्ति जिताउन भण्डारीको आग्रह

1.29K
shares

 

काठमाडौँ । पूर्वराष्ट्रपति विद्या भण्डारीले आफू निकटका एमाले कार्यकर्तालाई पार्टीका सबै आन्तरिक विमतिलाई बिर्सिएर पार्टीको पक्षमा निर्वाचनमा परिचालित हुन आग्रह गरेकी छन् ।

भण्डारीलाई भेट्न बुधबार बेलुकी काठमाडौँ क्षेत्र नम्बर ४ का एमाले उम्मेदवार डा. राजन भट्टराई बालुवाटारस्थित उनको निवास पुग्दा भण्डारीले आफूले सबैलाई निर्वाचनमा दृढतापूर्वक लाग्न भनिसकेको बताइन् ।
पूर्वराष्ट्रपति भण्डारी २०५१ र २०५६ का निर्वाचनमा अहिलेको क्षेत्र नम्बर ४ का धेरैजसो भूभाग रहेको क्षेत्रबाट निर्वाचनमा उम्मेदवार भई जितेकी थिइन् । उनी अहिले पनि त्यहीँकी मतदाता हुन् । उनको मतदाता नामावली बुढानीलकण्ठ नगरपालिका, वडा नम्बर २ मा छ । यो वडा क्षेत्र नम्बर ४ मा पर्छ ।
घरदैलोका क्रममा भण्डारीलाई भेट्न पुगेका उम्मेदवार डा. भट्टराईलाई २०६४ देखिको निरन्तर पराजयको श्रृखला तोड्ने गरी अगाडि बढ्न सुझाव दिएको एमाले काठमाडौँ जिल्ला कमिटीका सचिवालय सदस्य ध्रुवराज न्यौपानेले बताए ।
उनका अनुसार पूर्वराष्ट्रपति भण्डारीले निर्वाचनअघि नै निकटस्थ कार्यकर्तालाई बोलाएर निर्वाचनमा सम्पूर्ण शक्तिका साथ परिचालित हुन निर्देशन दिएकी थिइन् । न्यौपाने स्वयम्लाई पनि त्यस्तो निर्देशन दिइएको उनले बताए । ‘पार्टीका तीतामीठा कुरा पछि गरौंला, अहिले क्षेत्र नम्बर ४ मा पार्टीलाई जिताउने कुरा मुख्य हो,’ भण्डारीले दिएको निर्देशनबारे न्यौपानेले जानकारी दिएका हुन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports