विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

रास्वपाका नवनिर्वाचित सांसदको अभिमुखीकरण आजदेखि हुदैँ

1.29K
shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आजदेखि नवनिर्वाचित प्रतिनिधि सभा सदस्यका लागि अभिमुखीकरण गर्ने भएको छ ।

ललितपुरस्थित ग्वाको रोयल टुलिप होटेलमा आज बिहान १० बजेबाट रास्वपाले आफ्ना नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरूका लागि अभिमुखीकरण सुरु गर्ने भएको हो । यो कार्यक्रम चैत्र ३ र ४ गते दुइदिन चल्नेछ ।कार्यक्रममा पार्टी उपसभापति र वरिष्ठ नेताले औपचारिक उद्घाटन गर्ने कार्यतालिका तय गरिएको छ ।

अभिमुखीकरणमा पार्टीले जनतामाझ गरेको ‘करार’का विषयवस्तुबारे पनि प्रशिक्षण दिइनेछ । देशको वर्तमान अवस्था, पार्टीको बाचा, जिम्मेवारी र सांसदको भूमिकाबारे सांसदहरूलाई प्रशिक्षण दिइने विषय राखिएको छ ।दुईदिने योे अभिमुखीकरणमा सांसदलाई संसदीय अभ्यास, नीति निर्माण, संसद्को कार्यप्रणाली तथा जनप्रतिनिधिको जिम्मेवारी र पार्टीले अबलम्बन गर्नुपर्ने नीति लगायतका बारे जानकारी गराइने पार्टी प्रवक्ता मनिष झाले जानकारी दिए ।

रास्वपाका महामन्त्री कबिन्द्र बुर्लाकोटीले नवनिर्वाचित सांसदलाई यो अभिमुखीकरण कार्यक्रममा उपस्थित हुन छबुँदे निर्देशन जारी गर्दै आह्वान गरिसकेका छन् ।गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा रास्वपाले प्रत्यक्ष र समानुपातिक निर्वाचनमा १८२ सिट हासिल गरेको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports