नेकपा एमालेलाई प्रधानमन्त्री कार्कीले दिन धन्यवाद
वि.सं.२०८२ चैत ४ बुधवार ०८:३६
shares

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले नेकपा (एमाले)लाई धन्यवाद दिएकी छिन् । निष्पक्ष रूपमा निर्वाचन सम्पन्न गर्न सहयोग गरेको भन्दै कार्कीले धन्यवाद दिएकी हुन् ।
प्रधानमन्त्री कार्कीले धन्यवाद ज्ञापन गर्न एमाले नेतृत्वलाई बालुवाटार आमन्त्रण गरेकी थिइन्। जसमा एमाले नेताहरू ईश्वर पोखरेल, प्रदीप ज्ञवाली र महेश बर्तौला बालुवाटार पुगेका थिए।
‘यो कठिन अवस्थालाई शान्तिपूर्ण रूपमा निकास दिने एक मात्र विकल्प निर्वाचन नै थियो,’ प्रधानमन्त्री कार्कीले भनिन्, ‘राष्ट्रप्रतिको जिम्मेवारी सम्झेर यहाँहरूले जुन सहयोगी भूमिका खेलिदिनुभयो र निर्वाचनमा सक्रिय सहभागिता जनाइदिनुभयो, यसका लागि मुरीमुरी धन्यवाद दिन चाहन्छु।’यस्तै उनले जनादेशबाट विचलित नहुन पनि आग्रह गरेकी छिन् ।
‘एकैपटकको जनमतले सधैँका लागि पार्टीहरूको हैसियत निर्धारण गर्दैन। भारतमा अटलविहारी बाजपेयी र इन्दिरा गान्धीका पालामा उहाँहरूका पार्टीले बेहोरेको उतारचढाव पनि देखेकै छौँ,’ उनले भनिन्, ‘राजनीति निरन्तरको अभियान भएकाले देश र जनताका मुद्दा बोकेर लागिरहनुहोस्।’







































