२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र त्यही प्रदर्शनमा भएको दमनको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

एमाले सांसद राईको मागमा प्रधानमन्त्री बालेन चुप

2.21K
shares

काठमाडौं । नेकपा एमालेका सांसद राजेन्द्र राईले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) सँग आफ्नो पार्टीका अध्यक्ष केपी शर्मा ओलीलाई तत्काल रिहा गर्न माग गरेका छन् ।

सोमबार प्रधानमन्त्री शाहले कोशी प्रदेशका सांसदहरूसँग छलफल गरेका थिए । सबै सांसदहरूसँग उनले आ–आफ्ना क्षेत्रगत समस्याबारे सोधखोज गर्नका लागि बोलाएका थिए ।सो क्रममा धनकुटाबाट निर्वाचित एमाले सांसद राईले भने अध्यक्ष ओलीलाई रिहा गर्न माग गरेका हुन् ।

‘हाम्रो अध्यक्षलाई प्रतिशोध साँधेर पक्राउ गर्नुभयो, तत्काल रिहा हुनुपर्छ,’ सांसद राईले प्रधानमन्त्री शाहसमक्ष राखेको भनाइ उद्धृत गर्दै एक सांसदले भने ।ती सांसदका अनुसार, राईले सांसदहरूले स्वकीय सचिव राख्न नपाउने विषयमा पनि उनले आपत्ति जनाए ।

‘राम्रो काम गर्नै पनि भन्ने । अनि हामीले एउटा स्वकीय सचिव पनि राख्न नपाउने हुन्छ ?,’ राईले असन्तुष्टि राख्दै भनेका थिए ।यद्यपि उनले यी कुराहरू राख्दा प्रधानमन्त्री शाहले भने कुनै प्रतिक्रिया दिएनन् । ‘उहाँ (राजन्द्र राई) ले आफ्ना कुरा एकोहोरो राखिरहनुभयो । तर प्रधानमन्त्री (बालेन शाह) भने केही बोल्नुभएन । उहाँले जवाफ नै दिन चाहनुभएन,’ छलफलमा सहभागी ती सांसदले भने ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports