सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

गृहमन्त्री गुरुङको प्रहरीलाई निर्देशन, शिष्ट बोली र बचन गर्नुहोस

494
shares

काठमाडौं । गृहमन्त्री सुधन गुरूङले सीमित स्रोतसाधनका बाबजुद नेपाल प्रहरीले प्राप्त जिम्मेवारीलाई उत्कृष्ट रूपमा निर्वाह गरेको भन्दै आगामी दिनमा अझ निर्धक्क भएर आफ्नो जिम्मेवारी बहन गर्न निर्देशन दिए ।

प्रहरी प्रधान कार्यालय, नक्सालको निरीक्षणका क्रममा उनले त्यसो भनेका हुन् । उनले प्रहरीले आफ्नो भूमिका निर्वाह गर्ने क्रममा कुनै पनि तहबाट हस्तक्षेप नहुने प्रतिवद्धता व्यक्त गरे ।गृहमन्त्री गुरूङलाई नेपाल प्रहरी प्रधान कार्यालयमा आईजीपी दानबहादुर कार्कीसहितले स्वागत गरेका थिए ।

समाजले प्रहरीलाई हेर्ने दृष्टिकोणलाई परिवर्तन गर्नुपर्ने आवश्यकता रहेको भन्दै गुरुङले नागरिक र प्रहरीबीचको दूरी घटाउँदै शिष्ट बोली, बचन एवम् व्यवहारका साथ नागरिकको समस्यालाई सम्बोधन गरी उत्कृष्ट सेवा प्रवाह गर्नुपर्ने बताए ।

आमनागरिकसँगको सम्बन्धलाई थप सुमधुर बनाउँदै प्रहरीले उपलब्ध साधनस्रोत नागरिकको सेवाको लागि उच्चतम प्रयोग गर्न उनले निर्देशन दिए ।कार्यक्रममा गृहसचिव राजकुमार श्रेष्ठ पनि सहभागी थिए ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports