सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

पूर्णबहादुर खड्कालाई काँग्रेसले गरायो सचेत, कारबाही गर्ने चेतावनी

845
shares

नेपाली कांग्रेसको अनुशासन आयोगले पार्टीका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई सचेत गराएको छ।

बुधबार बसेको कांग्रेस अनुशासन समितिको बैठकले खड्कालाई सचेत गराउने निर्णय गरेको हो। गत शनिबार बिहान एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री एवं कांग्रेस नेता रमेश लेखकलाई गिरफ्तार गरेको विरोधमा खड्काले कार्यवाहक सभापतिको नाममा विज्ञप्ति निकालेका थिए।

‘कार्यवाहक सभापति’का रूपमा खड्काले विज्ञप्ति जारी गरेको विषयमा सचेत गराएको कांग्रेस अनुशासन समितिका संयोजक तारामान गुरुङले बताए।बैठकको निर्णयबारे जानकारी दिँदै संयोजक गुरुङले भने, ‘विभिन्न सामाजिक सञ्जाल र मिडियामा नेपाली कांग्रेसको नक्कली लेटरप्याड बनाएर प्रयोग गरी आफूसँग नभएको जिम्मेवारी उल्लेख गर्दै आफू पार्टीको जिम्मेवारीमा छु भनी मिति २०८१ चैत १४ गते अनधिकृत वक्तव्य जारी गर्ने कार्य गलत भएकाले सचेत गराइन्छ।’

अब उपरान्त यस्तो काम गर्ने जो कोही व्यक्तिमाथि कांग्रेसले कारबाही प्रक्रिया अगाडि बढाउने गुरुङको भनाइ छ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports