सुलभ अग्रवाल र दीपक भट्टको घर र कार्यालयमा छापा, महत्वपूर्ण कागजात र सवारी साधन जफत
वि.सं.२०८३ वैशाख २ बुधवार १२:५९
shares

काठमाडौं । सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ परेका व्यवसायी सुलभ अग्रवाल र दीपक भट्टको घर र कार्यालयमा सम्पत्ति शुद्वीकरण विभागले छापा मारेको छ ।
थप अनुसन्धानका लागि विभागले घरमा तथा हिमालयन रिइन्स्योरेन्स र इन्फिनिटी होल्डिङसको मुख्य कार्यालयमा छापा मारेको हो। छापा मारेर विभागले विभिन्न कागजात, मोबाइल, कम्युटर र सवारी साधन जफत गरेको छ ।
इन्फिनिटी होल्डिङ्स र शंकर ग्रुपबीच भएको शंकास्पद आर्थिक कारोबार अनुसन्धानका क्रममा देखिएको विभागले जानकारी दिएको छ ।अग्रवाल शंकर ग्रुपअन्तर्गत जगदम्बा होल्डिङ्सका अध्यक्ष हुन् भने भट्ट इन्फिनिटी होल्डिङ्सका प्रमुख हुन्।


































