आजको मौसम : पहाडी तथा हिमाली भू- भागमा हल्का बर्षाको सम्भावना
वि.सं.२०८३ वैशाख ३ बिहीवार ०८:४७
shares

काठमाडौं । हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशको हिमाली भूभागमा साधारणतया बादल लागेको र पहाडी भू–भागमा आंशिक बादल लागेको छ तथा तराई भू–भागमा मौसम मुख्यतया सफा रहेको छ। कोशी प्रदेशको पहाडी भूभागको एकदुई स्थानमा हल्का वर्षा र हिमपात भइरहेको छ ।
आज दिउँसो कोशी प्रदेशको पहाडी भू–भाग लगायत बागमती र गण्डकी प्रदेशको हिमाली भू–भागमा साधारणतया बादल लाग्ने, बाँकी प्रदेशको पहाडी र हिमाली भू–भागमा आंशिक बादल लाग्ने र तराई भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी प्रदेशको पहाडी र हिमाली भू–भागका थोरै स्थानहरुमा तथा बागमती र गण्डकी प्रदेशको हिमाली भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।
राति कोशी र गण्डकी प्रदेशको पहाडी र हिमाली भू–भागमा साधारणतया बादल लाग्ने, लुम्बिनी र सुदूरपश्चिम प्रदेशसहित बाँकी पहाडी र हिमाली भू–भागमा आंशिक बादल लाग्ने र बाँकी तराई भू–भागमा मौसम मूख्यतया सफा रहनेछ । कोशी र गण्डकी प्रदेशको हिमाली भू–भागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।





































