जान्नेलाई छान्ने भन्दै आएको सत्ताधारी दल रास्वपाले जनताको अधिकार पार्टीमार्फत खोसेको छ ।...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

नेपाली काँग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै

286
shares

काठमाडौं । नेपाली काँग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्दै छ । बुधबारदेखि सुरु भएको बैठक आज दिउसो १ बजे केन्द्रीय कार्यालयमा पुनः बस्ने कावा मुख्य सचिव कृष्ण प्रसाद दुलालले जानकारी दिएका छन् ।

आजको बैठकमा काँग्रेसले गठन गरेको कार्की आयोगको प्रतिवेदन अध्ययन कार्यदलले तयार गरेको अध्ययनको निष्कर्षको बारेमा छलफल हुने भएको छ ।यसअघि बुधवारको बैठकले उपसभापति विश्वप्रकाश शर्मा प्रमुख रहने गरी कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको गठन गरेको थियो भने उपसभापति पुष्पा भुसाल संयोजक रहने गरी कांग्रेस निर्वाचन ब्युरोको गठन गरेको थियो ।

त्यस्तै बैठकले महामन्त्री प्रदिप पौडेल संयोजक रहने गरी पार्टी सदस्यता व्यवस्थापन केन्द्रीय समिति गठन गरेको छ भने महामन्त्री गुरुराज घिमिरे संयोजक रहने गरी कांग्रेस सङ्गठन परिचालन तथा समन्वय समिति गठन गरेको थियो । त्यस्तै बैठकले केन्द्रीय सदस्य अर्जुननरसिंह केसीको संयोजकत्वमा अन्य राजनीतिक दल संवाद समिति गठन गरेको थियो भने केन्द्रीय सदस्य चिनकाजी श्रेष्ठको संयोजकत्वमा कांग्रेसको मर्यादाक्रम निर्धारण समिति गठन गरिएको थियो ।

त्यस्तै बैठकले पार्टीमा वृहत्तर एकता कायम गर्दै १५ औँ महाधिवेशन निर्धारित समयभित्रै सम्पन्न गर्न पार्टीका सबै नेता कार्यकर्ताहरूसँग संवादका लागि सभापति गगनकुमार थापालाई जिम्मेवारी दिने निर्णय गरेको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports