पूर्व राजा ज्ञानेन्द्र शाह पोखरा जाने
वि.सं.२०८३ वैशाख ६ आइतवार १०:४३
shares

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह पोखरा भ्रमणमा जाने भएका छन् ।
उनको सचिवालयले आइतबार एक सूचना जारी गर्दै शाह र पत्नी कोमल राज्यलक्ष्मीदेवी शाह यसै साता पोखरा जान लागेको जानकारी गराएको हो । पोखरा रहँदा शाह विभिन्न कार्यक्रम र शुभेच्छुकसँग भेटघाटमा व्यस्त रहने बताइएको छ ।
उनी पोखरामा कति बस्छन् भन्नेबारे सूचनामा खुलाइएको छैन ।





































