विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

आफ्नो घरमा भाडामा बस्न आउनेलाई प्रहरी रिपोर्ट माग्न प्रहरीको घर धनीलाई अनुरोध

1.51K
shares

काठमाडौं । घर भाडामा बस्न आउनेसँग प्रहरी रिपोर्ट अनिवार्य माग्न काठमाडौंका घरबेटीलाई प्रहरीले अनुरोध गरेको छ । राजधानीको बढ्दो जनसंख्या र सुरक्षा चुनौतीलाई मध्यनजर राख्दै प्रहरीले भाडावालासँग अनिवार्य प्रहरी रिपोर्ट माग्न उपत्यकाका घरबेटीहरूलाई सुझाएको हो ।

काठमाडौं प्रहरी प्रशासनले भाडामा बस्न आउने व्यक्तिको पहिचान स्पष्ट गर्न र सम्भावित आपराधिक गतिविधि रोक्न यस्तो निर्देशन दिएको हो । राजधानीको महत्वपूर्ण सुरक्षा सचेतना अपनाउन आग्रह गर्दै उपत्यका प्रहरीले भाडावालाको पृष्ठभूमि बुझेर मात्र कोठा भाडामा दिन आग्रह गरेको हो ।काठमाडौं उपत्यकामा पछिल्लो समय विभिन्न आपराधिक कृयाकलाप, ठगी, चोरी, बलात्कार र संकास्पद गतिविधिमा भाडामा बस्ने व्यक्तिहरुको संलग्नता बढिरहेको देखेपछि सुरक्षाका हिसावले यो कदम महत्वपूर्ण मानिएको छ । त्यसैले आगामी दिनमा प्रहरीले भाडामा बस्न आउनेसँग प्रहरी रिपोर्ट वा स्थानीय प्रहरीको सिफारिस पत्र अनिवार्य माग्न घरबेटीहरूलाई अनुरोध गरेको हो ।

धेरैजसो काठमाडौंमा कोठा भाडामा बस्न आउनेहरुसँग घरबेटीहरुले पैसाको मात्र कुरा गर्ने र अन्य कुराहरु केही सोधखोज नगर्ने हुनाले घटना पश्चात् अपराध अनुसन्धानमा कठिनाइ हुने गरेको उपत्यका प्रहरी प्रशासनको निष्कर्ष छ ।

त्यसैले अबदेखि भाडामा बस्न आउनेहरुको स्थानीय ठेगाना, परिचय पत्र, रोजगारी विवरण तथा आवश्यक कागजात घरबेटीलाई राख्न निर्देशन दिएको हो । यस्तो भएमा प्रहरी रिपोर्ट संकलन गर्न सहज हुने र कुनै पनि आपराधिक घटनापछि अनुसन्धान प्रक्रिया सहजता हुने विश्वास प्रहरी प्रशासनको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports