नेपालीमा एउटा उखान चर्तित रहेको छ त्यो हो ‘बुढी मरी भन्ने होइन काल...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

यूएई सहित खाडीका विभिन्न मुलुकहरूका लागि स्थगित गरिएको श्रम स्वीकृति पुनः सुचारु

767
shares

काठमाडौँ । सरकारले संयुक्त अरब इमिरेट्स (यूएई) सहित खाडीका विभिन्न मुलुकहरूका लागि स्थगित गरिएको श्रम स्वीकृति पुनः सुचारु गर्ने निर्णय गरेको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सोमबार मन्त्रीस्तरीय निर्णय गर्दै यसअघि लगाइएको अस्थायी प्रतिबन्ध हटाएको हो ।मन्त्रालयको निर्णयसँगै अब साउदी अरेबिया, यूएई, कतार, कुवेत, बहराइन, ओमान, जोर्डन, लेबनन, टर्की र इजरायलका लागि सबै प्रकारका श्रम स्वीकृति (व्यक्तिगत, संस्थागत र वैधानिकीकरण) पूर्ववत अवस्थामा जारी हुने वैदेशिक रोजगार विभागले जनाएको छ ।

इरान युद्धका कारण पश्चिम एसियाली क्षेत्रमा उत्पन्न विषम परिस्थितिका कारण सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै सरकारले फागुन १७ गते ती मुलुकहरूमा वैदेशिक रोजगारीमा जान अस्थायी रूपमा रोक लगाएको थियो ।  परिस्थितिमा सुधार आएसँगै श्रमिकहरूको हित र मागलाई ध्यानमा राखी पुनः श्रम स्वीकृति खुला गरिएको विभागको सूचनामा उल्लेख छ ।

अन्य देशहरूको हकमा श्रम स्वीकृति पूर्ण रूपमा खुला गरिए पनि इराकको सन्दर्भमा भने मन्त्रिपरिषद्को २०८२ पुस ११ गतेको निर्णय बमोजिम नै हुने गरी व्यवस्था मिलाइएको विभागले जनाएको छ ।  यस निर्णयसँगै श्रम स्वीकृतिको पर्खाइमा रहेका हजारौँ युवाहरू लाभान्वित हुने भएका छन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports