रास्वपाको महामन्त्रीमा भूपदेव शाह मनोनित
वि.सं.२०८३ वैशाख ७ सोमवार १८:०५
shares

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महामन्त्रीमा भूपदेव शाह मनोनित भएका छन्।
प्रधानमन्त्री बालेन शाह निकट उनी सोमबार बसेको केन्द्रीय समिति बैठकबाट अनुमोदित भएका हुन् ।भूपदेव यसअघि बालेन शाह काठमाडौँ महानगरपालिकाको मेयर हुँदा सचिवालयमा कार्यरत थिए।
फागुन २१ को निर्वाचनमा भूपदेव अछाम– २ बाट पराजित भएका थिए।





































