जान्नेलाई छान्ने भन्दै आएको सत्ताधारी दल रास्वपाले जनताको अधिकार पार्टीमार्फत खोसेको छ ।...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

दुई साता नबित्दै पुनः सार्वजनिक यातायातको भाडा समायोजन गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा प्रस्ताव

299
shares

काठमाडाैँ । यातायात व्यवस्था विभागले दुई साता नबित्दै पुनः सार्वजनिक यातायातको भाडा समायोजन गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा प्रस्ताव गरेको छ।

विभाग स्रोतकाअनुसार विभागले बुधबार मन्त्रालयलाई यात्रुवाहक सवारीका लागि ९.८ प्रतिशत र ढुवानीका सवारीका लागि पहाडीमा करिब १४ प्रतिशत र तराईमा १२ प्रतिशतका दरले समायोजन गर्ने गरी सिफारिस गरेको छ।गत चैत २५ गते विभागले अन्तरप्रदेशको रुटमा चल्ने सार्वजनिक यातायातमा भाडा समायोजन गरेको थियो । यातायात व्यवस्था विभागले १३ वटा सूचकलाई मध्यनजर गर्दै यात्रुवाहक सार्वजनिक यातायातको भाडा १६.७१ प्रतिशत, पहाडी क्षेत्रमा चल्ने मालवाहक सवारीको भाडा २१.६८ प्रतिशत र तराई क्षेत्रमा चल्ने मालवाहक सवारीको भाडा १५.७५ प्रतिशतले बढाइएको छ ।

त्यसयता २ पटक इन्धनको मूल्य वृद्धि भइसकेको भन्दै यातायात व्यवसायीले सरकारसमक्ष भाडा बढाउन माग गर्दै आएका थिए । पश्चिम एसिया द्वन्द्वका कारण अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेको भन्दै नेपाल आयल निगमले वैशाख ३ गतेदेखि लागू हुने गरी डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर ३० रुपैयाँले बढाइएको छ वृद्धि गरेको थियो । पेट्रोलको मूल्य भने यथावत् राखिएको छ ।यसअघि चैत २६ गते डिजेलमा २५ रुपैयाँ र पेट्रोलमा १७ रुपैयाँ बढेको थियो। डिजेलमा मात्रै प्रतिलिटर ५५ रुपैयाँ बढेको भन्दै व्यवसायीले भाडा बढाउन सरकारलाई दबाब दिइरहेका थिए।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports