सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

प्रतिनिधि सभाको नियमावली प्रारम्भिक चरणमै त्रुटिपुर्ण रहेको छ: एमाले

260
shares

प्रतिनिधि सभा नियमावली मस्यौदा समितिले तयार गरेको नियमावली प्रारम्भिक दृष्टिमै त्रुटिपूर्ण रहेको नेकपा (एमाले)ले जनाएको छ।

बिहीबार एमालेका निवर्तमान प्रमुख सचेतक महेशकुमार बर्तौलाले प्रेस विज्ञप्ति जारी गरी प्रतिनिधि सभाको नियमावलीमा असन्तुष्टि जनाएका हुन्। प्रतिनिधि सभाबाट पारित हुन बाँकी रहेको प्रस्तावित नियमावलीको नियम २५९ मा भनिएको छ, ‘प्रचलित कानुनमा जुनसुकै कुरा लेखिएको भए पनि सभा, समिति र सदस्यका हकमा यो नियमावली संघीय कानुनका रूपमा रही विशेष कानुन सरह लागू हुनेछ।’

यसमा एमालेले आपत्ति जनाएको हो। ‘प्रारम्भिक दृष्टिमै त्रुटिपूर्ण तथा विधिक सन्तुलनविपरीत रहेको प्रतीत हुन्छ,’ एमालेले भनेको छ, ‘प्रतिनिधि सभाको नियमावलीद्वारा प्रचलित कानुनलाई चुनौती दिन नसकिने विषय विधिशास्त्रीय तथा संवैधानिक दृष्टिले स्पष्ट छ।’संघीय संसदबाट पारित भई कार्यान्वयनमा रहेका प्रचलित कानुनहरूलाई प्रतिनिधि सभाको नियमावलीले कुनै पनि अवस्थामा प्रतिस्थापन वा निष्प्रभावी पार्न नसक्ने बर्तौलाले उल्लेख गरेका छन्। ‘नियमावली मूलतः कार्यविधि सम्बन्धी आन्तरिक दस्तावेज हो, जसको उद्देश्य सदनको कार्य सञ्चालन, बैठक व्यवस्थापन तथा समितिहरूको गठन, कार्य र प्रक्रिया नियमन गर्नु हो,’ उनले भनेका छन्।

प्रतिनिधि सभाले नयाँ नियमावली पारित गर्दा संवैधानिक सीमाहरू, विधिको शासन तथा स्थापित संसदीय अभ्यासलाई पूर्ण रूपमा ध्यानमा राख्न उनले सचेत गराएका छन्। ‘निकट बिगतको संसदीय अनुभवको आधारमा कार्य सञ्चालन तथा विधायिकी प्रक्रियालाई थप प्रभावकारी, पारदर्शी र गुणस्तरीय बनाउन अन्य केहि आवश्यक प्रावधानहरू समेट्दै नियमावलीलाई परिष्कृत गरिनु उपयुक्त हुने देखिन्छ,’ बर्तौलाले भनेका छन्।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports